६५ औं प्रहरी दिवस २०७७ सम्पन्न बिराटनगर प्रहरीका कर्मचारीहरुले उच्च मनोवलकासाथ काम गरी जनताको विश्वास जित्न सफल हुने

  •   काभ्रे
  •   ३० आश्विन २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

६५ औं प्रहरी दिवस २०७७ सम्पन्न
बिराटनगर, आश्विन ३० गते ।
६५औ प्रहरी दिवश २०७७ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा मातहत प्रहरी कार्यालयहरुले आज अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६५ औं प्रहरी दिवश २०७७” मनाएको हो । प्रहरी दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आयोजित विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्री शेरधन राई , आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्की लगायतका उपस्थित महानुभावहरुले १ नम्बर प्रदेश प्रहरी कार्यालयमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गर्दै सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री शेरधन राईज्युले जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न नेपाल प्रहरी संग सहकार्य गरी समुदाय प्रहरी साझेदारी कार्यक्रममा सहयोग पुर्‍याउने हुने मोरङ बेलबारी-३ बस्ने सिता सुवेदी र ९४ बर्ष जेष्ठ पुर्व प्रहरी कर्मचारी पुर्व प्रहरी जवान आगम बहादुर लिम्बुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएक थियो । यसैढ गरी कर्तब्य पालनाको शिलशिलामा गत बर्ष यस प्रदेश अन्तरगतमा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरी, प्रहरी सहायक निरीक्षक रवि मगर, अमर प्रहरी, प्रहरी सहायक निरीक्षक बाल कुमार राई, अमर प्रहरी, प्रहरी हवल्दार केशर दोर्जे थिङ, अमर प्रहरी, प्रहरी हवल्दार देवि प्रसाद भट्टराई,अमर प्रहरी, प्रहरी हवल्दार नबिन बस्नेत, अमर प्रहरी, प्रहरी जवान वीर बहादुर अधिकारी, अमर प्रहरी, प्रहरी जवान सुजन रेग्मी र अमर प्रहरी, प्रहरी जवान शुसिलचन तबदारका परिवारहरुलाई माननिय मुख्य मन्त्रीज्यूले नगद तथा कदर पत्रद्वारा सम्मान गर्नु भएको थियो । त्यसै गरी देशभरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्येबाट व्यवस्थापकीय तर्फ उत्कृष्ट कार्य गर्ने ईलाका प्रहरी कार्यालय पथरीमा कार्यरत प्रहरी नायव उपरीक्षक-दिलिप कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक-राकेश कुमार पोदार, उत्कृष्ठ अपराध अनुसन्धान तर्फ जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरक्षक- सरोज खनाल, COVID-19 तर्फ जोखिमपुर्ण कार्य गर्ने प्रहरी चौकी मानेभञ्ज्याङमा कार्यरत प्रहरी जवान सुधा चौधरीलाई माननिय मुख्य मन्त्रीज्युबाटै पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै माननीय मुख्य मन्त्री शेरधन राईज्युले ६५ औं प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई शुभकामना दिनु हुँदै अहोरात्र खटिने नेपाल प्रहरीका कर्मचारीहरुले उच्च मनोवलकासाथ काम गरी जनताको विश्वास जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । साथै देश र जनताको सेवा र सुरक्षार्थ आफ्नो कर्तव्य पालनाको सिलसिलामा वीरगती प्राप्त गर्ने वीर अमर प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । प्रहरी संगठनले जनता र राष्ट्रको हितमा निरन्तर अविचलित ढंगबाट क्रियाशिल हुदै प्रहरीको छविलाइ कायम राख्दै मुलुकको साझा राष्ट्र आकांक्षाको प्रगतिमा एउटा महत्वपूर्ण भुमिका निर्बाह गरीरहेको सन्दर्भमा नेपाल प्रहरी संगठनलाइ बधाई तथा शुभकामना समेत दिनुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथी १ नम्बर प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने पुर्व प्रहरी नायब उपरिक्षक- देबी प्रसाद बरालको छोरा आयुस बराल, पुर्व प्रहरी हवल्दार सूर्यबहादुर बस्नेतको छोरी रेजिना बस्नते यसै गरी बहालवाला प्रहरी नायब उपरिक्षक- कबिन्द्र कुमार कार्कीको छोरी आर्या राजश्री कार्की, प्रहरी नरीक्षक- हेम कुमार खड्काको छोरा सारभिक खड्का, प्रहरी नायब निरिक्षक- राजेन्द्र शर्माको छोरी-एलिना शर्मा, प्रहरी सहायक निरीक्षक- कुल बहादुर बुढाथोकीको-छोरी रेश्मा बुढाथोकी, प्रहरी सहायक निरीक्षक- मुना बिष्टको छोरा भिजन प्रताप खत्री, प्रहरी हवल्दार- शिव प्रसाद निरौलाको-छोरा सुजल निरौला, प्रहरी हवल्दार- राजन भट्टराईको छोरा उत्सव भट्टराई र प्रहरी हवल्दार- नवराज खवासको-छोरी रेश्मा खवासलाई छात्रवृती स्वरुप प्रतिव्यक्ति दश हजारका दरले पुरस्कृत गर्नु भएको थियो । यसै गरी प्रहरी दिवसकै अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये विविध क्षेत्रहरुमा उत्कृष्ठ कार्यसम्पादन गर्ने प्रहरी नायब उपरीक्षक कविन्द्र कुमार कार्की, प्रहरी निरीक्षक ढुण्डिराज गिरी, प्रहरी निरीक्षक होम अधिकारी, प्रहरी निरीक्षक तेज बहादुर दाहाल , प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ ,प्रहरी नायब निरीक्षक भोजनारायण श्रेष्ठ, प्रहरी नायब निरीक्षक मानदेव भगत, प्रहरी सहायक निरिक्षक हेम कुमार बस्नेत, प्रहरी सहायक निरिक्षक भुवन श्रेष्ठ, प्रहरी सहायक निरिक्षक कृष्ण कुमार कटुवाल, प्रहरी हवल्दार राज कुमार कार्की, प्रहरी जवान बिशाल कार्की, प्रहरी जवान शिरोमणी सिग्देल, प्रहरी जवान रक्षा राई, प्रहरी जवान युबराज खतिवडा, प्रहरी जवान गिसन राई र प्रहरी कार्यालय सहयोगी दिव्यराज पोखरेललाइ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीज्युबाटै पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार बितरण पश्चात कार्यक्रममा मन्तव्य राख्नु हुँदै माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले वीर अमर प्रहरी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । वँहाले ६५ औं प्रहरी दिवस सम्म आईपुग्दा नेपाल प्रहरी जनताको विश्वासिलो सहयोगी र साथी बनि सकेको बताउनु हुँदै यसलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउदै लैजानु पर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *