६५ औं प्रहरी दिवस कार्यक्रम समापन-सिन्धुली

  •   काभ्रे
  •   १ कार्तिक २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

६५ औं प्रहरी दिवस कार्यक्रम समापन-सिन्धुली

६५ औँ प्रहरी दिवस २०७७ को पावन अवसरमा बागमती प्रदेश तालिम केन्द्र सिन्धुली दुधौलीको प्राङ्गणमा आयोजित कार्यक्रममा, जिल्ला सिन्धुली, दुधौली नगरपालिकाका नगर प्रमुख श्री घनश्याम राउतज्यूको प्रमुख आतिथ्यतामा अमर प्रहरी स्मारकमा पुष्प रेथ चढाई श्रद्धान्जली अर्पण गर्नुभई प्रारम्भ भएको कार्यक्रममा यस केन्द्रका प्र.नि. विनोद कुमार सुनुवारले प्र.म.नि.ज्यूको सन्देश बाचन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतज्यूले यस तालिम केन्द्रको विभिन्न समयमा परिवर्तित नेतृत्व मध्ये हालको समादेशकबाट उल्लेखनीय मात्रामा भौतिक पूर्वाधारहरुको विकास जस्तै, सडक कालो पत्रे, भवन निर्माण, शौचालय निर्माण, खानेपानी रिजर्भ ट्याङ्की निर्माण लगायतका अन्य विकास निर्माणका कार्यहरु सम्पन्न गरेको तथा यस तालिम केन्द्रले हाल प्राप्त गरेको कुशल र जुझारु नेतृत्वबाट स्वच्छ, निष्पक्ष र पारदर्शी भर्ना छनौटका साथै दक्ष जनशक्ति उत्पादनको कार्यलाई मुक्तकण्ठले प्रशंसा गर्नुका साथै यस प्रशिक्षण प्रदायक संस्थाबाट Global Village को Connectivity लाई हेर्दा अपराधको विभिन्न Modality लाई वैज्ञानिक ढंगबाट अनुसन्धान गर्ने कार्यमा प्रशिक्षणको दौरानमा आवश्यक पर्ने थप तालिम सम्बन्धी सामाग्रीहरु केन्द्रीय सरकारसंग माग गर्न पहल गर्ने र स्थानीय सरकारबाट सम्भव हुने हर किसिमको सहयोग गर्ने र सरोकारवालाहरु संग समन्वय गरी तालिम केन्द्रको भौतिक संरचनाहरुको निर्माणमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै हाल विश्वभर दिनानु दिन बढ्दै गई रहेको कोभिड-19 को समयमा समग्र प्रहरी संगठनबाट अग्रपंक्तिमा Safety First को कार्य आम जनतामाझ गरिरहेको र यस तालिम केन्द्रको नेतृत्वले कोभिड-19 को संक्रमणबाट बच्न र बचाउन आन्तरिक तथा जनस्तर सम्म संचालन भए/गरेको सचेतनामुलक प्रयासहरु उत्कृष्ट रहेको र आगामी दिनहरुमा समेत यस्तै सराहनीय कार्यको अपेक्षा रहेको कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रममा तालिम केन्द्रका समादेशक प्र.व.उ. सन्दिप भण्डारीले प्रमुख अतिथिलाई धन्यवाद ज्ञापन गर्दै सिमित साधन स्रोतको वावजुत पनि यस केन्द्रले स्वच्छ, निष्पक्ष र पारदर्शी भर्ना छनौट संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आईरहेको र केन्द्रिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारहरुसंग समन्वय गरी यस केन्द्रले भौतिक पूर्वाधारहरुको निर्माण कार्यहरु गर्दै आएको र आगामी दिनमा यस केन्द्रको थप विकासमा स्थानीय सरकारको समेत सहयोगको अपेक्षा रहेको कुरा बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *