६५औं प्रहरी दिवसका अवसरका विशेष कार्यक्रम सम्पन्न : सुदूरपश्चिम प्रदेश

  •   काभ्रे
  •   ३० आश्विन २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

६५औं प्रहरी दिवसका अवसरका विशेष कार्यक्रम सम्पन्न : सुदूरपश्चिम प्रदेश
             
नेपाल प्रहरीको ६५ औं वार्षिकोत्सवको अवसरमा देश र जनताको सेवामा समर्पित रहि विरताका साथ कर्तव्य पालनको शिलसिलामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीका गौरवगाथाको उच्च कदर गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाे आयोजनामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि  प्रदेश सरकारका माननीय मुख्यमन्त्री ज्यु  सुदुरपश्चिमप्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक उतम सुवेदी ज्यु र वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंह ज्युको संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरि अमर प्रहरी प्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ । साथै कार्यक्रमका विशेष अतिथि, अमर प्रहरी परिवार लगायत कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले समेत अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धा सुमन व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लिन रही व्यवसायीक मर्यादाका साथ कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान गर्दै आगामी दिनमा समेत कानून बिपरितका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

समय र प्रविधिको विकास संगै अपराध र अपराधिक कार्यविधिमा समेत परिवर्तन भईरहेकाले अपराध रोकथाम गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीलाई आधुनिक प्रविधिमैत्री क्षमतायुक्त साथै दक्ष जनशक्ति उत्पादन गरी अनुसन्धान मैत्री वातावरण निर्माणमा जोड दिनुपर्ने कुरा बताउँदै सुदूरपश्चिम प्रदेश प्रहरीको समुन्नत विकासका लागि  प्रदेश सरकार तत्पर रहेको कुरा बताउँनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै सुदुरपक्षिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उतम सुवेदी ज्युले अनेकौं  आरोह-अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशिल रहि संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने अमर तथा शहिद प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो ।

साथै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै उहाँले नेपाल प्रहरी आम नागरिकको जिउ धन र अधिकारको रक्षा गर्ने आफ्नो मुलभुत दायित्वलाई आत्मसाथ गर्दै राष्ट्र सामु आईपरेका गम्भीर चुनौती एंव संकटको घडीमा समेत कत्ति पनि अविचलित रहि कार्यसम्पादन गर्दै आईरहेको बताउँनुहुँदै विश्वव्यापी रुपमा रहेको कोरोना सक्रंमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरी कर्मचारीहरु समेत प्रभावित भएकाले विशेष सतर्कता अपनाई, उच्च मनोबलका साथ अत्यन्त व्यवसायिक ढँगले प्रस्तुत भई, नागरिकहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखि प्रहरी सेवा प्रवाह गर्न हरप्रहर कटिबद्ध रहेको बताउनुभयो ।

साथै नेपाल प्रहरीको पूर्वाधार विकास, भौतिक संरचना निर्माण र प्रविधियुक्त अनुसन्धान पद्धतिको विकास अहिलेको अहम आवश्यकता र अपरिहार्यता बनेको बताउँदै नेपाल प्रहरी संगठनमा प्रादेशिक संरचना स्थापित भईसकेको अवस्थाले यस्ता पूर्वाधार विकासमा प्रदेश सरकारको निरन्तर साथ र सहयोग प्राप्त भईरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं विशेष अतिथिले अमर प्रहरीका आश्रीत परिवारलाई कदरपत्र तथा नगद रकम साथै प्रदेश प्रहरीको वार्षिक कार्ययोजना अनुसार त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा छनौट भएको प्रहरी कर्मचारीहरु लाई नगद पुरस्कार एवं सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

सोही अवसरमा ६५ औं प्रहरी दिवस २०७७ को अवसरमा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको सन्देश सुढृरपक्षिम  प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंह ज्युले वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सुदृरपक्षिम प्रदेश सरकारका प्रमुख सचिव प्रदेश अन्तर्गतका विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुखहरु, अमर प्रहरी परिवारहरु, पूर्व प्रहरी संगठनका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी, पत्रकार लगायत विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *