४ महिना देखिकाे लकडाउन आज राति १२ बजे देखि अन्त्य भएको सरकारको घोषणा गरेकाे छ।

२०७७ श्रावण ६गते
काठमाडौं : सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ। चैत्र ११ गतेबाट सुर भएकाे लकडाउन क्रमिकरूपमा बढ्दै गएकाे र श्रावण ७ सम्म ताेकेकाे लकडाउनकाे समयावधि अाज बेलुका १२बजे समाप्त हुँदै छ
मंगलबार सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिएका हुन्।
उनले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन। १२० दिन सम्मकाे लकडाउन पुर्णरूपमा अन्त्य भएकाे छ।तर भिडभाड नगरि सामाजिक दुरि कायम गर्न सबैलाई अपिल गरेका छ। सरकारले साउन १५ देखि लागू हुने गरी होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ । सरकारका प्रवक्ता खतिवडाले होटल तथा रेष्टुरेन्ट खोल्न दिने जानकारी गराएका हुन् ।होटल तथा रेष्टुरेन्टमा भने सामुहित भोज भत्तेर गर्न पाइने छैन । सामाजिक दुरी कायम गरी होटल तथा रेष्टुरेन्टमा व्यवसाय गर्न पाइने छ ।
पर्यटन क्षेत्र सुचारु गर्ने सरकारको निर्णयभित्र ट्रेकिङ, ट्राभल र पर्वतारोहण व्यवसाय पनि छ ।यसैगरी, भदौ १ बाट हवाई उडान सुचारु गर्ने निर्णय भएको छ । उडानको मापदण्ड बनाउने जिम्मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाउने छ ।