४६ वर्षअघि बेलायतबाट ल्याइएको जहाज नारायणहिटी संग्रहालयमा

  •   काठमाडौं
  •   २८ भाद्र २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको जहाज ४६ वर्षअघि बेलायतबाट ल्याइएको हाे ।हाल नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ।

भाद्र २८ गते

शनिबार साँझ जहाजलाई क्रेनले तानेर संग्रहालयमा पुर्‍याइएको हो। विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली हुँदै जहाज संग्रहालयसम्म पुर्‍याइएको थियो।

दुई वर्षदेखि थन्किएको एभ्रो कम्पनीको यो जहाज ४६ वर्षअघि बेलायतबाट ल्याइएको थियो।दुई वर्षदेखि यो जहाज ग्राउण्डेड थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी संग्रहालयसँग समन्वय गरेर त्यहाँ लगिएको हो,’ सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए,’४ टुक्रा बनाएर क्रेनले तानेर संग्रहालयसम्म लगिएको छ। भित्र लगेर जडान गरिसकेपछि यसको अवलोकन खुला गरिन्छ।’

लामो समयसम्म राजपरिवारले प्रयोग गरेको यो जहाज पछिल्लो समय सेनाले प्रयोग गर्दै आएको थियो। राजदरबारसँग सम्बन्ध रहेकाले यो जहाजलाई नारायणहिटी संग्रहलायमा राखिएको सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *