वेथानचोकको युवाहरू धार्मिक कार्यमा ।

नेपालीहरूको महान चाड बिजया दशमी तथा शुभ दिपावली,नेपाल संम्वत र भाईटिका भरखरै सम्पन्न भयको छ। कोरोनाको कारण यस बर्षको यि दुई महान चाडमा खासै रौनकता नआएपनि दाजुभाई तथा दिदीबहिनीहरु र ईष्टमित्र बिचमा भेटघाट शुभकामना आदानप्रदान कार्यक्रममा भने कमि आएको देखिएन।पुरानो रितिरिवाज र संस्कारलाई निरन्तरता दिएरै छाडे। यसैको कारण कोरोनाको जोखिम भने बढेको देखिदैन।
काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउँपालिकाको सदरमुकाम गेल्डुङ बजार राजधानि काठमाडौंको रत्नपार्क बाट जम्मा ४२ कि मि दुरीमा पर्दछ।
एक दशक अगाडी सम्म यहाँको मुख्य पेशा कृषि तथा दुग्ध उत्पादनको लागि पशुपालन नै थियो। तर हिजो आज उच्च शिक्षाहासिल गर्न राजधानी प्रवेश गरेका युवाहरूले उच्च शिक्षाको साथ साथै ब्यापार ब्यबसायमा आफुलाई समाहित गर्दै आर्थिक रूपमा ठुलै छलाङ्ग मारेको थुप्रै उदाहरणहरू छन्।

हाल वेथानचोकको २ र ३ नं का ९५ प्रतिशत बासिन्दाहरूले पनौती, बनेपा र काठमाण्डौ उपत्यकामा घर निर्माण गरिसकेका छन्। दुईपाङ्ग्रे सवारी साधन नभएको घर नगन्य मात्रामा छन्। अध्ययनमा पनि उत्तिकै अब्बल छन्। भरखरै मात्र वेथानचोक गाउँपालिका भित्र बाट पहिलो बिद्याबारिधी पनि साबिक ढुंखर्क-६ र श्री पार्वती मा वि का पुर्व प्रधानध्यापक श्री बलराम तिमल्सीनाले गर्नु भयको छ। निजामती सेवा तर्फ श्री पार्वती मा विका पुर्व बिध्यार्थी श्री नमराज घिमिरेले त्यस पालिका भरिमा नै पहिलो सहसचिवमा नाम निकाल्न सफल भई हाल सोहि पदमा कार्यरत हुनुहुन्छ। ईन्जिनियरहरू पनि उतिकै आफ्नो पेशामा तेज देखिन्छ। व्यापार व्यवसायमा पनि न्युरोडको रन्जना ब्यापार संघ, चाईना ब्यापार, ललितपुर चेम्बर,विभिन्न सहकारी संघ संस्थाहरू,दुग्ध व्यवसायिहरू लगायत थुप्रै क्षेत्रमा वेथानचोकको युवाहरू अब्बल देखिन्छ ।
विभिन्न क्षेत्रमा सबैजनाको कार्यव्यस्तताको कारण गाउँमा हुँदै आईरहेको सामाजिक र धार्मिक अनुष्ठानहरूमा युवाहरूको उपस्थिति शुन्य भयपछि त्यस भेगका जेष्ठ नागरिकहरू चिन्तित देखिन्थे।
करिब २२ महिना पहिले यि र यस्तै समस्याहरूलाई सम्बोधन गर्ने हेतु काठमाडौ बस्ने ब्यापारी ब्यवसायीहरुले अनौपचारिक रूपमा बेथानचोक क्षेत्र सरोकार समाज नामक एक संस्था गठन गरेको थियो। सोहि संस्था मार्फत काठमाडौं र गाउँलाई जोड्ने विभिन्न कृयाकलापहरु यस संस्थाले गर्दै आईरहेको छ। दैवि बिपत्ति, सामाजिक समस्या लगायतको बिषयमा स्थानिय स्तरमा आफ्नो उपस्थिति जनाउदै आईरहेको छ। गत बर्ष दशैमा प्रतिभा सम्मान र जेष्ठ नागरिक सम्मान कार्यक्रम क्षेत्रपाल महांकालमा सम्पन्न गरे पश्चात केही आशा दिप जलेको बताउनु हुन्थ्यो स्थानीय जेष्ठ नागरिकहरू। मंसिर २ गते विश्वमा कोरोना मुक्तको कामना गर्दै वेथानचोक गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थल ३०१८ मिटर अग्लाेस्थानमा अवस्थित वेथानचोक नारायण स्थानको प्रचारप्रसार गर्ने हेतुले एकदिने धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा युवराज तिमल्सीना, कमल नेपाल,राम कुमार तिमल्सीना, कुमार तिमल्सीना र कमल तिमल्सिनाले पुजा आराधना गर्नु भयको थियो। मन्दिर भित्र सरसफाईको साथसाथै गाईको दुध ले सम्पुर्ण देवताहरूलाई अभिषेक गराई युवा पण्डित शंकर पराजुलीद्वारा बैदिक मन्त्रोच्चारण गरि अनुष्ठान कार्यको प्रारम्भ गर्नुभयको थियो भने पुजा सम्पन्न भय पश्चात नारायणको आरति सहित अनुष्ठानको कार्य सम्पन्न गरिएको थियो। सोहि समयमा अन्य भक्तसज्जन महानुभावहरु भने सरसफाई मा जुट्नु भयको थियो।

कार्यक्रमको समापन वेथानचोक ३ को खोर्थापेको सामुदायिक भवन अगाडि चौरमा गरियको थियो। युवा ब्यबसायी युवराज तिमल्सीनाको अध्यक्षता र धार्मिक तथा सामाजिक ब्यक्तित्व ज्ञण प्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं २,३ का वडा अध्यक्षज्यूहरू,नेपाली कांग्रेसका नेताहरू,नेकपा का नेता,पत्रकार, ब्यबसायी,विद्यार्थी र समाजका सदस्यहरुको सकृय सहभागिता थियो। कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वेथानचोकको युवाहरू धार्मिक जागरण र अभियानमा कतिपनि बिचलित नभई निरन्तर लाग्ने र हरेक दिन कुलदेवता, पितृदेवता,माता पिता र गुरूको स्मरण गर्दै कर्मको प्रारम्भ गर्ने प्रतिबद्धता वेथानचोक क्षेत्र सरोकार समाजका प्रमुख सल्लाहकार मछिन्द्र कुमार लामाले ब्यक्त गर्नु भएको थियो।
प्रमुख अतिथि धार्मिक व्यक्तित्व ज्ञण प्रसाद तिमल्सीनाले युवाहरूमा आएको धार्मिक जागरणले धर्म क्षय नहुने पक्का भएकोले आजको दिन असाध्यै हर्षित छु भन्नुहुदै सम्पुर्ण युवाहरूलाई वेथानचोक नारायणको आशिर्वाद र कृपाको बर्षा होस् भनेर प्रार्थना पनि गर्नु भयको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने ब्यक्ति र संस्था सबैलाई धन्यवाद ज्ञापन गर्दै एक दिवसीय कार्यक्रम अध्यक्ष युवराज तिमल्सीना द्वारा समापन गरिएको थियो।
