अर्जुन भुजेल
युएई,आबुधाबी

निर्जला भुजेल बचाउ अभियान बन्द गरिएको जानकारी गराउदछौ |
केही समय अगाडि अर्जुन भुजेलको फेसबुक मार्फत सेवा नै धर्म हाे भन्ने हेतुले २ वर्षे बालिकाकाे मुटु मा ३ वटा प्वाल भएको र दिशा गर्ने मलद्धार समेत नभएकोले उनकाे उपचारार्थ निर्जला बचाउ अभियान सुरू गरेकाे थियाे।

काभ्रेपलान्चाेक जिल्ला साबिक गा.बि.स महेन्द्रज्योति १ हाल बनेपा न.पा वडा नम्बर १२ मा बस्ने बालकृष्ण भुजेल बिपन्न परिवारको नागरिक दैनिक ज्याला मजदुरी गरि परिवार पाल्नु पर्ने भएकाले आर्थिक अवस्था एकदम कमजोर भएको र अन्य आम्दानीको स्रोत समेत नभएकोले निजको दुई बर्ष कि छोरी निर्जला भुजेल जन्म जातै मुटु मा ३ वटा प्वाल भएको र दिशा गर्ने मलद्धार समेत नभएको कारणले कोखमा प्वाल पारी दिशा बाहिर निकाली कान्ति बाल अस्पताल उपचार गराई रहेको थियाे ।
हाल निज बालिकाको दिशाघर बनाउन र मुटुको उपचार गर्न परिवारको आर्थिक अवस्था कमजोर भएको कारण उपचार गराउन नसकेको हुनाले निज बालिका निर्जला भुजेलको उपचारको लागि ईच्छुक संघ सस्था,सहयोगी दाता समाजसेबि ,दाजुभाई,दिदीबहिनी साथीभाईहरुमा आफुले सक्ने आर्थिक सहयोग गरि दिनु होला भन्दै निर्जला_ुभुजेल बचाउ अभियान चलाएका थियौं! हाल निज नानीलाई दिशा घर बनाउनको लागि दुई पल्ट अप्रेसन गर्नु पर्ने र मुटुको प्वाल रोक्नको लागि अप्रेसन गर्दा तल माथी जे पनि हुन सक्ने भएकाले बाचुनजेल औषधि खाई राख्नु पर्ने भनेर सहिद गंगालाल हस्पिटलका उपचारमा संग्लन डाक्टर ले सल्लाह दिनु भएको छ।
त्यसैले दिशाघर बनाउनको लागि अप्रेसनमा लाग्ने खर्च रकम रू ३लाख र बचेको पैसाको रू :९९ हजार ११ रुपियाँ चाहिँ नानीको नाममा बैंक खाता खोली अक्षयकोष खडा गरि बाचुनजेल औषधि,पढाई खर्च हुने गरि जम्मा गर्ने छौ।अहिले सम्म उठेको कुल तीन लाख ९९ हजार ११ रुपैयाँ सबै रकम पीडित नानीको बुबा बाल कृष्ण भुजेल नाममा रहेको(नेपाल ईन्बेस्टमेन्ट बैंककाे खाता जम्मा गरिएको छ।
यस्तो कोरोना माहामारी फैलिएको बेलामा नि स्वदेश तथा बिदेश मा रहने संघसस्था,समाजसेबि,दाजुभाई,दिदिबहिनी,ईष्टमित्र,साथीभाईले आफ्नो समस्या हुँदा हुँदै पनि अभियानमा साथ दिनु हुने सम्पुर्ण सहयोगी मन्नका धनी दानबिर दाताहरुलाई पीडित परिवार तर्फबाट र अभियानको तर्फबाट हृदय देखिनै नमन गर्दछौं !
हामीले निर्जला बचाउ अभियान पनि बन्द गरिएको जानकारी गराउदछौं ।सेवा नै धर्म हाे ।
ads
