२०७७ असोज ११ गते आइतबार आजकाे राशिफल

  •   काभ्रे
  •   ११ आश्विन २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

आजको राशिफल : २०७७ असोज ११ गते आइतबार

मेष : दिन सार्थक छ । नयाँ कामको अवसर मिल्नेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान पाइनेछ ।

वृष : दिन उत्कृष्ट छ । आध्यात्मिक क्षेत्रमा मन जानेछ । कार्य प्रगतिमा तीव्रता आउनेछ । मनमा सन्तोष मिल्नेछ ।

मिथुन : दिन प्रतिकूल छ । व्यवहारिक तथा आर्थिक समस्याले पिरोल्नसक्नेछ । मुख्य कामको आशा नगर्नु बेस हुनेछ ।

कर्कट : दिन अत्युत्तम रहनेछ । वैदेशिक यात्राको योग छ । सन्तान सुख मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

सिंह : दिन उत्तम छ । आँटे ताकेको काम सजिलै सम्पन्न हुनेछ । शुभ समाचार सुनिनेछ । शत्रु परास्त हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ ।

कन्या : दिन राम्रो छ । कामप्रति रूचि बढ्नेछ । चिन्ता हट्नेछ । स्वास्थ्य सबल रहनेछ । मन रमाउनेछ ।

तुला : दिन प्रतिकूल छ । मन डराउनसक्नेछ । काम गर्ने वातावरण सहज देखिदैन । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

वृश्चिक : दिन उत्तम छ । अचानक धन आइलाग्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

धनु : दिन उत्कृष्ट छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । सहयोग आदान प्रदान गरिनेछ । आफन्तसँग भेटघाट हुनेछ ।

मकर : दिन भाग्यवर्धक छ । नयाँ कामको अवसर मिल्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । पढाइ लेखाइले गति लिनेछ ।

कुम्भ : दिन प्रतिकूल रहनेछ । मुख्य काममा वयवधान आउन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै उपयुक्त हुनेछ ।

मीन : दिन अनुकूल रहनेछ । आयआर्जन र विद्याबुद्धि बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । मनमा शान्ति प्राप्त हुनेछ ।

राशिफलले जे जस्ताे भने पनि तपाईकाे अाजकाे दिन शुभ रहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *