
११ जना कार्यसमिति सहित संगीतकर्मी संघ बेथानचोक शाखा गठन
बेथानचोक/राष्ट्रिय संगितकर्मि संघ काभ्रे जिल्ला अन्तर्गत बेथानचोक गाउँपालिका शाखा बिस्तार गरिएको छ ।
हालै सम्पन्न बेथानचोकका कलाकारहरुको भेलाले गायक गोपाल तिमल्सिनाको अध्यक्षतामा बेथानचोक शाखा निर्विरोध गठन भएको छ । राष्ट्रिय संगितकर्मि संघ बाग्मति प्रदेशका सचिव कमल दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाहालले कलाकर्मीहरुको हक हितको लागि राष्ट्रिय संगितकर्मी संघ लागिपरेको बताए । राष्ट्रिय संगितकर्मि संघ काभ्रे जिल्लाका अध्यक्ष अमरकृष्ण चन्दले संस्थाका गतिविधि बारे जानकारी गराउँदै कलाकारहरुले आफ्नो मर्यादा नभुली अघि बढेको खण्डमा सफलताको सिँढी टाढा नरहेको बताए ।
जिल्ला कार्यसमिति सदस्य भगवान खत्रीको समेत उपस्थिति रहेको कार्यक्रमबाट बेथानचोक शाखाको अध्यक्षमा गायक गोपाल तिमल्सिनाको अध्यक्षतामा सर्वसम्मत निर्वाचित कार्यसमितिमा उपाध्यक्ष राजेश तिमल्सिना (फेन्टास्टिक), सचिव सुन्दर सुनाम, सह सचिव सरू श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ, सह कोषाध्यक्ष लक्ष्मी तिमल्सिना चुनिएका छन् । यस्तै सदस्यहरुमा रमण तिमल्सिना, राज तिमल्सिना, शुसिल श्रेष्ठ, मनोज श्रेष्ठ, पाल्देन लामा सर्वसम्मत चयन भएको जिल्ला सदस्य भगवान खत्रीले जानकारी दिनुभयो ।
यस अघि बनेपा र धुलिखेल नगर समिति बिस्तार गरिसकेको काभ्रे शाखाले अन्य पालिकाहरु समेत गठन गर्दै जाने जिल्ला अध्यक्ष अमरकृष्ण चन्दले जानकारी दिए ।
- अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दोमा पदक हासिल गर्ने खत्रीलाई बेथानचाेकद्वारा ५० हजार पुरस्कार
- जिल्लाका सबै उद्योगी व्यवसायीलाई समेट्न प्यानलसहित चुनावमा होमिएका र्छौं /विश्वराज बज्राचार्य
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा