बनेपा, असाेज ८ गते
काभ्रेपलाञ्चाेक जिल्ला इलाका प्रहरी कार्यालय बनेपाकाे प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना नेतृत्वको टोलीले बैकिङ्ग कसुरमा ११ करोड ८२ लाख ९२ हजार १ सय १६ रुपैया जरिवना र ३ वर्ष कैद भु क्तान गर्न बाँकी रहेको एक अभियुक्तलाई बनेपाबाट पक्राउ गरेका छन ।
क्यापिटल मर्चेन्ट बैकका बचतकर्ताहरुको रकम हिनामिना गरेको अभियोगमा तत्कालिन पुनरावेदन अदालत पाटनले मिति २०७१/०१/२१ गतेको फैसलाले बैंकिङ कसुर मुद्धाकाे रु ९कराेड ४७ लाख ९२ हजार १ सय साेह्र रुपैया र रु २कराेड ३५ लाख गरि जम्मा ११कराेड ८२ लाख ९२हजार १सय १६ रूपैयाँ जरिवाना र ३ वर्ष कैद तोकेका बैकिङ्ग कसुर अभियोगका फरार ब्यक्ति गोप्य रुपमा बुझि खोजतलाश गर्दै जाने क्रममा प्रहरी निरिक्षक तिमल्सिनाकाे टाेलिले फरार प्रतिवादी मिन बहादुर के.सी.को छोरी जयन्ती के.सी.लाई काभ्रेपलाञ्चाेक जिल्ला बनेपा नगरपालिका वडा नं.०६ स्थित लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेकाे हाे ।

आवश्यक कारवाहीको लागी काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पठाईएको र जिल्ला अदालतको आदेशले निज प्रतिबादी जयन्ती के.सी.लाई थुनामा राख्नको लागी जिल्ला कारागार धुलिखेल चलान गरिएकाे प्रहरीले जनाएकाे छ ।
उनका श्रीमान श्यामबहादुर खत्री यस अघि नै पक्राउ परिसकेका छन् । बैकिङ्ग कसुरमा क्यापिटल मर्चेन्ट बैकको रकम हिनामिना अभियोगमा ४० भन्दा धेरैलाई कैद र जरिवना तोकिएको थियो ।
ads
