
भक्तपुरमा नारी दिवस काे अवसरमा विशेष कार्यक्रमकाे आयाेजना भएकाे छ।
युवाका साथ साथ आवाज नेपालले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भक्तपुर दरबार स्क्वायरमा “अधिकारका लागि आवाज” कार्यक्रमको आयोजना गरेको हाे ।

महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ देशभर अन्तर्राष्ट्रिय नारी दिवसका विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइएको छ । भक्तपुर जिल्लामा पनि नयाँ सोचका साथ कबिता वाचन मार्फत सचेतना जागरण गर्ने उद्देशका साथ यो कार्यक्रमको आयोजना गरिएको सस्थाका सचिव श्रीकृष्ण थापाले जानकारी गराउनुभयो ।
कार्यक्रममा युवाहरु आफ्ना कबिता मार्फत महिला अधिकार, लैङ्गिक समानता जस्ता बिषयबस्तुमा केन्द्रित भएर आफ्नो कबिता प्रस्तुत गरेका थिए । कार्यक्रममा कलाकार तथा प्रमुख अतिथि घनश्याम गौतमले प्रचण्डकाेअभिनय मार्फत सुचनामुलक सन्देश प्रस्तुत गर्नुहुदै नारी दिवसको शुभकामना ब्यक्त गर्नुभयो ।
युवाका साथ साथ आवाज नेपालले दिवस मनाउनका निमित मात्र कार्यक्रमको आयोजना नगरी सधै अधिकारको पालना र न्यायपुर्ण समाज निर्माणको लागि सकृय रुपमा अगाडि बढेको कुरा सस्थाका अध्यक्ष देबेन्द्र आर्चायले जनाउनुभयो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
सस्थाका कार्यसमिती सदस्य सोना तचामोले चलाउनुभएको कार्यक्रममा एक दर्जन बढी कबिता, गित र अभिनय प्रस्तुत भएको थियो ।
कार्यक्रममा युवाका साथ साथ आवाज नेपालको साथसाथै ओरेक नेपाल, युवालय, हामि दाजुभाइ, युथ हबको एकेबद्दता रहेको थियो ।