१०७ औ बिपी जन्मजयन्तीकाे अवसरमा आज र भाेलि विषयक जुम मिटिङ कार्यक्रम संम्पन्न

  •   काभ्रे
  •   २६ भाद्र २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रे ,भदाै २६ गते

नेपाली कांग्रेसका वरिष्ठ नेता प्रदिप गिरीकाे उपस्थितिमा भाद्र २५ गते बिपी विचारकाे सान्दर्भिकता आज र भाेलि विषयक  जुम मिटिङ कार्यक्रम  संम्पन्न भएकाे छ ।
१०७ औ विपि जन्मजयन्तीकाे अवसरमा आयाेजित कार्यक्रम मा जिल्ला सभापति मधु अाचार्य, जिल्ला सचिब विदुर बञ्जारा ,नेपाली काग्रेस पुर्व  जिल्ला सभापति  तिर्थ पसखल  ,पार्टि प्रवक्ता महेश पाैडेल, युवा नेता भाेला थापा ,रामकुमार बस्नेत  लगायतकाे सभागिता रहेकाे थियाे ।

विपी विचार समाज काभ्रेपलाञ्चोक पनौतीले  स्व विशेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा  साे कार्यक्रम सम्पन्न गरेकाे  हाे। बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले गर्दा सबै शुभ शुभचिन्तकहरूलाई खबर नगरेको र सामाजिक दुरी कायमलाई मध्यनजर गर्दै सो कार्यक्रम सम्पन्न गरेको कार्यक्रमको सभापतिले जानकारी दिएका छन् ।
सो कार्यक्रममा  नेपाली कांग्रेसका पूर्ब जिल्ला सभापती तथा संगठन बिभागको केन्द्रीय सदस्य तिर्थ पसखलले विपीको बिचारलाई सधै आत्मसाथ गरेर अगाडि नबढे देश र जनताले सधै दुख झेलिरहने प्रस्ट पार्दै विपीले देखाएको बाटोलाई नबिर्सन सबैलाई आग्रह गरे ।
  बिपी बिचारका सदस्यहरुको सहभागितामा बिपीको तस्बिरमा पुष्प गुच्छा, माला चढाई १०७औं बिपी जयन्ती सम्पन्न गरेको कार्यक्रम संयोजक तथा विपी विचार  समाजका सभापती प्रल्हाद केसीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *