हेर्नुस तपाईंको आजकाे भाग्यफल मंसिर १४ गते

  •   काभ्रे
  •   १४ मंसिर २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

आज २०७७ मंसिर १४ गते आईतवार

तपाईकाे आजकाे भविष्यफल

मेष – शैक्षिक एवम सामाजिक क्षेत्रमा पहिचान बढ्ने एवम मानसम्मानको योग देखिन्छ । बोली वचनले राम्रो प्रभाव पार्नेछ । भोजनको सुख मिल्नुका साथै पारिवारिक भेटघाट बढ्नेछ ।

वृष – व्यापारमा भने राम्रो आम्दानी हुनेछ । भोजभतेरमा सहभागिता मिल्ने एवम् माइती मावलीबाट धनको सहयोग मिल्नेछ । सवारी सुख एवं सुखसयलमा बढी मन जानेछ । प्रेममा प्रगति हुनेछ ।

मिथुन – यात्रामा धनको खर्च हुनेछ । अनावश्यक खर्चले चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा एवम् पारिवारिक झमेला हुनेछ ।

कर्कट – खानपिनको कारणले समस्या आउने तथा बोली वचनको कारणले मित्रता टुट्नेछ । व्यवसायबाट आम्दानी हुनेछ । महिलावर्गबाट सहयोग एवम् कृषि तथा होटल व्यवसायमा धन आर्जन हुनेछ ।

सिंह – नयाँ काममा लगानी हुनेछ । नोकरी रोजगारीमा फाइदा मिल्नेछ । जागिरको सम्भावना प्रबल रहेको छ । आम्दानी बढ्ने एवम् कृषि, पशुचौपायाबाट राम्रो आम्दानी हुनेछ ।

कन्या – राजनीतिक लाभ मिल्ने एवम् ठूलाबडाको साथ रहनेछ । आम्दानी बढ्नाले धनको कारोबारमा सन्तुष्टि मिल्नेछ । थाती रहेको काम सुचारु हुनेछ ।

तुला – अनावश्यक लाञ्छना लाग्ने एवम् बिगार्नेहरु अघि सर्नेछन् । साताको मध्यमा भने काममा प्रगति मिल्ने, विदेशबाट फाइदा हुने, सामाजिक एवम धार्मिक कार्यमा संलग्नता बढ्ने देखिन्छ ।

वृश्चिक– अनावश्यक खर्चले मानसिक तनाव बढाउनेछ । साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

धनु – प्रेममा प्रगति एवम् वैवाहिक कुरा अघि बढ्नेछ । मनोरन्जनमा बढी ध्यान जानेछ । घरबाहिरको काममा प्रगति मिल्ने एवम् साझेदारी लगानीमा फाइदा आउन थाल्नेछ ।

मकर – होटल एवम् कृषि व्यवसायमा धनआर्जन हुनेछ । अचानक धनको सुख मिल्नेछ । कला संगीतको पाटो बलीयो एवम् आम्दामी मूलक रहनेछ । अध्ययनमा प्रगति देखिन्छ ।

कुम्भ – स्त्री पक्षसँग मनमुटाव एवम् व्यर्थ झगडा हुनेछ । चिसोको कारणले स्वास्थ्यमा बाधा आउनेछ । काममा झमेला आउने एवम् मानसिक चिन्ता थपिनेछ ।

मीन – साताको मध्यमा भने चिन्ता बढ्ने, स्वास्थ्यमा समस्या आउने एवम् घरायसी विवाद निम्तिनेछ । नयाँ योजनामा जोस जाँगर बढ्नेछ । कृषि एवम् पशुचौपायाबाट आम्दामी हुनेछ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *