हेर्नुस आजको राशिफल २०७७असार ३ गते

  •   काभ्रे
  •   ३ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

वि.सं. २०७७ आषाढ ०३ गते , आषाढ कृष्ण (तछलागा) एकादशी, अश्विनी नक्षत्र,
आजको राशिफल


मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विपरित लिङ्गी सदस्यहरुसँग सहकार्य र सुमधुरताको अवसर मिल्नेछ । समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ ।
खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने योग छ । जग्गा जमिको कारोबारबाट फाइदा लिन सकिनेछ । रोकिएका सरकारी काम सुल्झाउने समय छ । स्वास्थ्य सबल छ । व्यवसायिक क्षेत्रमा खासै फरेबदल हुँदैन ।
वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
पारिवारिक जीवन राम्रो रहेको छ । लामो यात्रा फलदायी हुनेछ । परिवारमा परपाहुनको आगमन हुनसक्छ । सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ ।
साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोज जुटाउन सकिनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढाउन सकिनेछ । सामाजिक र सरकारी गतिविधिमा सक्रिय हुने समय छ ।
मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ ठाउँमा लगानी गर्ने प्रयत्न नगर्दा राम्रो हुनेछ । किनभने मनले इच्छाए जस्तो परिणाम प्राप्त हुने छैन। त्रि र सहयोगीले आफ्नो बाचा पूरा गर्ने छैनन् । भाग्यवलमा अभिवृद्धि हुनेछ । व्यापार गर्नेले बेलुकीपख लाभ लिनेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबकाट प्रशंसा प्राप्त हुनेछ ।
कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
मन निडर रहनाले शत्रु सामु पर्ने हिम्मत गर्दैन । दर्शन र साहित्यमा रुचि बढ्नेछ । विद्वानसँग सम्पर्क बढ्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ ।
स्वादेश वा विदेश जहाँ भए पनि केही न केही धन आर्जन हुनेछ । प्रेममा सफलता मिल्नेछ । अभिभावक वा विशिष्ट व्यक्तिको सहयोगले कार्य सम्पन्न हुनेछ ।
सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
मुद्दामामिलार अड्डाअदालको कामको लागि राम्रो समयछ। तपाईँको जीवनी शक्ति र स्फूर्तिमा कमी आउनेछ । झैझगडा र विवादबाट टाढै बस्दा राम्रो हुनेछ ।
शुरुवातमा मन प्रफुल्ल हुनेछ र आत्मबल बढ्नेछ । अ मनग्ये धनलाभ हुनेछ । व्यवसायिक र व्यापारिक दृष्टिले आजको दिन राम्रो छ । व्यवसायको सिलसिलामा रमाइलो यात्राको सम्भावना छ । आम्दानी बढाउने काम शुरु गर्ने समय छ ।
कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
आर्थिक क्रियाकलापमा सोचेअनुसार फाइदा उठाउन सकिन्छ ।व्यापार व्यवसाय र पेसाबाट लाभ प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।
उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका समस्या र झैझमेल मत्थर हुनेछन् । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक क्रियाकलपामा झुकाव बढ्नेछ । मस्तिष्क सन्तुलित रहनेछ र सुखभोग गर्न पाइनेछ । व्यवसाय र रोजगारीको क्षेत्रमा राम्रो छ ।
शत्रुलाई प्रशन्न र खुशी बनाएर आफ्नो स्वास्र्थ पूरा गर्नुपर्ने दिन रहेको छ । तर लुक्नु पर्ने बाध्यता पनि बन्नसक्छ । लगानशील भएमा मात्र सोचेका उपलब्धि हात लाग्नेछ । पशुपालनमा सामान्यतया फाइदा छ ।
वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
स्वास्थ्यप्रति सचेत हुनुहोला । सानातिना स्वास्थ्य समस्या देखिनसक्छ । आत्बल दह्रो बनाएर काम गरेमा सफलता प्राप्त गर्न सकिनेछ ।
विगतमा दिएको वचन पूरा गर्न सकिने छ। कुनै महत्वाकांक्षी योजना कार्यान्वयन गर्न गापनीय बाटोमा हिड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्यतया लाभ हुनेछ । परिवारमा आमाको माध्मबाट काम बन्नसक्छ । टाढिएका सथाीभाइ नजिकिन सक्छन् । पारिवारिक जमघट हुनेछ ।
धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
असाध्यै खर्चालु समय छ । बन्धुबान्धवको काममा सहयोग लिन दिन सकिनेछ । उद्योग तथा व्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित गर्ने अवसर छ । पुरानो समस्या समाधान गर्ने समय छ ।आज धनधान्य, सुखसम्पत्ति र मातृसुखको अनुकूलता मिल्ने समय छ । पारमार्थिक काममालगानी गरिनेछ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायासी र दाम्पत्य सम्बन्ध अनुकूल रहेको छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिनेछ । मेवा मिष्ठान्नको समय छ । आत्मविश्वास बढ्नेछ ।
मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
मौसमी रोगको सामान्य जोखिम रहेको समय छ। सचेत भएर व्यक्तिगत प्रतिष्ठा र पारिवारिक सुखका निम्ति खट्ने समय छ । हठ गर्ने बानीले दुःख पाइएला । धैर्यताको साथमा प्रयत्न गर्दा मनग्ये फाइदा लिन सकिनेछ । मनमा आलस्य र अल्छीपनाको निवार हुनाले अवसरको उपयोग गर्न सकिदैन । मनपर्ने भौतिक साधन जोड्नका लागि मन लालायित हुनेछ ।
कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घमण्ड र अभिमान देखिने समय छ, सचेत हुनुहोला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका छ । प्रतिष्ठत काममाले आत्मविश्वास बढाउनेछ ।
पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरुले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता मिल्न्ेछ । विभिन्न अवसरले पछ्याउनेछन् । उचित समयमा सही निर्णय लिन सकिनेछ ।
मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ । कलकारखाना र व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना हुन्छ ।
नोकरी गर्नेले मान सम्मान पाउछन् । लाभदायक यात्रा हुनसक्छ । नातेदार, साथीभाइ र सहयोगीहरुबसाट लाभ मिल्ने छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य काममा सहयोग लिन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *