हेर्नुस आजको दिन शुभ कि अशुभ

  •   काभ्रे
  •   १२ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

मिति २०७७ असार १२ गते शुक्रबार
आजकाे ग्रहफल

मेष : मनमा चिन्ता बढ्न सक्छ । नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । स्वास्थ्यप्रति पनि सावधानी अपनाउनु पर्ने हुन्छ
वृष : व्यवहारिक समस्याले पिरोल्नेछ । भयको वातावरण सिर्जना हुनेछ । कामप्रति सचेत रहनु बेस हुनेछ ।

मिथुन : सामाजिक कार्यक्रमममा उपस्थित भइनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश ,कीर्ति मिल्नेछ ।
कर्कट : दिन मध्यम खालको छ । आर्थिक विचलन देखिन सक्नेछ । खानपानमा विशेष ख्याल राख्नु पर्ने हुन्छ । स्वास्थ्य कमजोर रहन सक्नेछ ।
सिंह : पारिवारिक सहयोग मिल्नेछ । पढाइ लेखाइतिर गति थपिनेछ । उत्कृष्ट कार्ययोजना तय हुनेछ ।
कन्या : खर्चमा वृद्धि हुनेछ । काममा व्यवधान आउनेछ । बढी जोखिममूलक काम नगर्नु बेस हुनेछ ।
तुला : विद्याबुद्धि आयआर्जन बढ्नेछ । रमाइलो कार्यव्रmममा सहभागी भइनेछ। मन प्रसन्न हुनेछ । लाभदायक काम बन्नेछ ।
वृश्चिक : मानसम्मान प्राप्त हुनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । उत्कृष्ट कामकाज बन्नेछ ।
धनु : धर्मकर्ममा व्यवधान आउन सक्नेछ । मनमा अशान्ति फैलिनेछ । स्वास्थ्य प्रतिकूल रहनेछ । धैर्य गर्नु बेस हुनेछ ।
मकर : हानी नोक्शानी हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।
कुम्भ : यात्रा, व्यवसाय र पारवहन कार्य सहज हुनेछ । दाम्पत्य जीवनमा सुख छाउनेछ । रमाइलो गरिनेछ ।
मीन : शत्रु पराजित हुनेछन् । आटे ताकेको काम सजिलै बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *