स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट २ जना पक्राउ परेका छन् ।
सवारी चेकजाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।
कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कारमा रहेका ३० वर्षीय अमितकुमार थापा र २२ वर्षीय संगम थारू (कार चालक)काे
साथबाट १ करोड ४७ लाख रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । उनीहरुलाई सवारी जाँच गर्ने क्रममा आज बिहान चार बजेतिर पक्राउ गरेको हो ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न