
स्याङ्जा प्रहरी जवान सुरेश बिक्रम शाही चैत्र महिनाकाे उत्कृष्ट प्रहरी घाेषित भएका छन।
जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरी जवान सुरेश बिक्रम शाहीले आफुलाई तोकिएको जिम्मेवारी बमोजिम बिभिन्न मितिमा फरार रहेका प्रतिवादीहरु पक्राउ, अबैध घरेलु मदिरा नियन्त्रण, लागु औषध (गाँजा) सहित मानिस पक्राउ, अवैध हातहतियार (भरुवा बन्दुक) सहित मानिस पक्राउ गरी आम नागरिक माझ प्रहरी संगठनको मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी जवान सुरेश बिक्रम शाहीलाई “२०७७ साल फागुन महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH)” घोषणा गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले कदर-पत्र प्रदान गर्नुभएको छ ।