स्याङ्जा कालीगण्डकी गाउपालिकामा पहिलो पटक टेलिभिजन परिक्षण प्रशारण सुरु

  •   काभ्रे
  •   २४ श्रावण २०७७, शनिबार
  •   खबर न्युज नेपाल
0Shares

स्याङ्जा कालीगण्डकी गाउपालिकामा पहिलो पटक टेलिभिजन परिक्षण प्रशारण सुरु भएकाे छ।

सुमन ढकाल
स्याङ्जा

बिज्ञान र प्रबिधिको तिब्र बिकास संगै संचार जगतमा आमूल परिवर्तन आइरहेको छ। केही बर्ष अगाडी सूचना र मनोरञ्जनको लागि एक मात्र माध्यम रेडियो नेपाल रहेको थियो। त्यस पछि क्रमशः श्रब्य- दृश्य टेलिभिजनको सुरुवात भयो। टेलिभिजनको पर्दा पनि कालो र सेतो हुँदै अहिले एचडि प्रबिधिमा आइपुगेको छ। यहि एचडी प्रबिधि सहितको टेलिभिजनको परिक्षण प्रसारण स्याङ्जाको कालीगण्डकी गाउँ पालिकामा भएको छ। कालीगण्डकी ब्रोडकास्टिङ मिडिया प्रालि द्वारा कालीगण्डकी गाउँपालिकामा पहिलो पटक टेलिभिजन संचालनमा आएको हो। आज बाट परिक्षण प्रसारण सुरु गरिएको र परिक्षण प्रसारण लगत्तै केही दिन भित्रनै औपचारिक रुपमा उद्घाटन गरि नियमितरुपमा टेलिभिजन संचालन गरिने जानकारी टेलिभिजनका प्रबन्ध निर्देशक तथा संचालक दिपक बिश्वकर्माले बताउनु भयो। कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ स्याङ्जाको आलम देवि मन्दिर परिसर नजिकै स्टुडियो र प्रधान कार्यलय रहेको आलम देवी टेलिभिजन आजबाट देशै भर हेर्न सकिने छ। कालीगण्डकी ब्रोडकास्टिङ्ग मिडिया प्रालीले” आलम देवि” नामको कल साइन प्राप्त गरि राष्ट्रिय स्तरमै टेलिभिजन प्रसारणमा ल्याएको हो। स्थानीय तथा राष्ट्रिय गतिविधि , शिक्षा , खेलकुद , अर्थ राजनीति ,समसामयिक घटना , मनोरञ्जन , अन्तर्वार्ता तथा लगायतका बिषयवस्तुहरु टेलिभिजन बाट प्रसारण गरिने आलम देवी टेलिभिजनका प्रबन्धक निर्देशक दिपक बिश्वकर्माले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *