प्रदेश ४ को स्याङ्जामै पहिलो पटक फुटसल संचालनमा
२३ कात्तिक वालिङ

स्याङ्जा जिल्लामै पहिलो पटक फुटसलको सुरुवात भएको छ । वालिङ ८ बीपी चोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलो पटक खेल सञ्चालन गरेको हो ।
सेन्टरले रु. एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुबेदीले बताउनुभयो ।
“छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलो पटक फुटसल सञ्चालनमा ल्याएका छौं” सञ्चालक सुबेदीले भन्नुभयो, “फुटसल सञ्चालनमा आईसकेपछि ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढेका छौं ।” आवश्यक पूर्वाधारहरु निर्माण भईरहेको सञ्चालक सुबेदीले जानकारी दिनुभयो।
गण्डकी प्रदेश समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगर प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुबेदीले संयुक्त रुपमा फुटसलकाे उद्घाटन गर्नुभएको थियो ।