स्पेनिस लिग फुटबल ‘ला–लिगा’ मा रियाल मड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको

  •   काभ्रे
  •   ५ असार २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

असार ५ गते ,काठमाडौं
स्पेनिस लिग फुटबल ‘ला–लिगा’ मा रियाल मड्रिडले भ्यालेन्सीयालाई ३–० ले हराएको छ ।


पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा रियालले तीन गोल गरेको हो । जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको बार्सिलोनाको दुरी दुई अंकमा झारेको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा रियाललाई विजयी गराउन करिम बेन्जिमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे ।
रियालको २९ खेलमा ६२ अंक रहेको छ भने बार्सिलोनाको ६४ अंक छ । ला लिगाअन्तर्गत गएराती भएको अर्को खेलमा डेपोर्टीभो आलाभेजले रियाल सोसीडाडलाई २–० ले हराएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *