काठमाडौं –
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सेल्टा भिगोको खेल बराबरीमा टुंगिएको छ ।

दुई पटक अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बार्सिलोनाले सेल्टालाई उसैको घरेलु मैदानमा हराउँने मौका गुमायो र अन्ततः २-२ को बराबरीमा रोकिन बाध्य भयो
खेलको २० औं मिनेटमा बार्सिलोनाले स्वारेजको गोलमा सुरुवाती अग्रता लिएको थियो ।
नियमित समयको तीन मिनेट बाँकी रहँदा सेल्टाले पुन: खेल बराबरीमा ल्यायो । सेल्टाका कप्तान इयागो आस्पासले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै खेल २-२ को बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको ३२ खेलमा ६९ अंक रहेको छ । दोस्रो स्थानको रियल म्याड्रिडको ३१ खेलमा ६८ अंक छ ।