सुनकाे सिक्री लुटपाट गरेर भाग्दै गर्दा तामाङ पक्राउ


काठमाडाैँ, ४ माघ ।
प्रहरीले महिलाकाे सुनकाे सिक्री लुटेर भाग्दै गर्दा एक जनालाई पक्राउ गरेकाे छ । महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले एक महिलाकाे डेड ताेलाकाे सुनकाे सिक्रि लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार चितवनकि मिरा रानाभाट कलंकीमा हिड्दै ग गर्दा उनले लगायकाे सुनकाे सिक्रि लुटेराले तानेर फरार भएका थिए ।
कंलकी प्रहरीलाई महिलाकाे सुनकाे सिक्रि लुटपाट भयाे भने सुचना प्राप्त गर्न साथ केही घटमै प्रहरीले सुनकाे सिक्रि लुटेर भाग्दै गर्दा सिन्धुपाल्चोक सुनकोसि घर भई हाल ललितपुर बस्ने सुभाष तामाङलाई पक्राउ गरेकाे बताएको छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाईएकाे छ ।