सीमाबाट दुई किशोरीको उद्धार
सुनसरी, असोज-१५ गते ।
सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ ।
भण्टाबारी स्थित सिमामा खटिएको प्रहरी टोलीले हिजो विहान साढे १० बजे किशोरीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै दुई किशोरीलाई विभीन्न प्रलोभन देखाएर भारत तर्फ लैजादै गर्ने दुई जनालाई समेत पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी कृष्णसवरन गाँउपालिका-४ बनौलीका २९ बर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान-१९ कटाहका २९ बर्षीय जिवछकुमार साह रहेका छन ।
पक्राउ परेका उनिहरुले नजिकैको भारतीय बजार भीमनगर स्थित मन्दिरमा पुजाका लागि भनेर आफूहरुलाई लगेको किशोरीहरुले बताएका छन । पुजारीसँग पुजामा वस्नु पर्ने, पुजामा वसे वापत पारिश्रमिक पाउने, आफ्नो केही विमार भएमा ठिक हुने तथा पुजा समाप्त हुना साथ केहि रकम समेत दिलाइ घर फर्काई दिने भनि पक्राउ परेकाहरुले प्रलोभन देखाएर भारत तर्फ लगेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका उपर मानव बेचविखन तथा ओसार-पसार (नियन्त्रण) ऐन २०६४ अनुसार कार्बाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
- BREKING NEWS
- TRENDING NEWS
- Uncategorized
- अन्तरवार्ता
- अन्तराष्ट्रिय
- अपराध्
- अर्थ
- खेलकुद्
- ब्लग
- मनोरन्जन्
- मुख्य
- राजनिती
- राशिफल्
- समाचार