साेमबारकाे दिन शुभ कि अशुभ हेर्नुस आजको राशिफल

  •   काभ्रे
  •   १२ श्रावण २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares

२०७७ साउन १२ गते सोमबार 

आजकाे राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):- दिन अत्युत्तम छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायले फड्को मार्नेछ । यात्राको योग रहेको छ । रमाइलो गरिनेछ ।

वृष( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):-दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम सजिलै बन्नेछ । महत्वपूर्ण काम हात लाग्नेछ । मावलीतिरबाट आर्थिक सहयोग प्राप्त हुने देखिन्छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) दिन उचित छ । चिन्ताबाट मुक्ति पाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक काम हुनेछ । प्रतिस्पर्धामा काम बन्नेछ ।

कर्कट :हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)दिन प्रतिकूल छ । खर्चको मात्रा निकै बढ्नेछ । काममा व्यवधान आउनसक्छ । धैर्य गर्नु नै बुद्धिमानी हुने देखिन्छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । परोपकार गरिनेछ । उत्तरदायित्व थपिनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । 

कन्या  टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्ति बढ्नेछ । खानपानका विशेष परिकारहरु प्राप्त हुनेछ । स्वास्थ्य तनदुरुस्त रहनेछ ।

तुला :र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । उपयुक्त निर्णय गरिनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । अस्थिरता र दुविधाले ठाउँ पाउनसक्छ । धैर्य गर्नु बेस हुनेछ ।

धनु :ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)दिन उत्तम छ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । उपयुक्त कार्य प्रगति र ठोस् निर्णय गरिनेछ । आयआर्जन बढ्नेछ । 

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । सर्वाधिक कार्यसिद्धि हुनेछ । महत्वपूर्ण अवसर मिल्नेछ ।

कुम्भ:गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)दिन खासै सन्तोषजनक छैन । आध्यात्मिक क्षेत्रमा कमी आउनसक्छ । मनोबल घट्नसक्छ । कामप्रति होशियार रहनु बेस हुनेछ ।

मीन :दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)दिन प्रतिकूल छ । मन खिन्न हुन सक्छ । खासै प्रगति हुने देखिदैन । धैर्य गर्नु बुद्धिमानी हुनेछ । अनावश्यक घमण्डले दुःख दिन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *