सामजिक दुरी कायम गरि सम्बन्धित जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारकाे निर्णय

  •   काभ्रे
  •   २५ असार २०७७, बिहीबार
  •   खबर न्युज नेपाल
0Shares

राजेश तिमल्सिना


काठमाडौं / सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ।
यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइनेछ।


सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने सरकारको भनाइ छ।
मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए।
अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन्।
‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने। तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उनले भने, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।’


उनले भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने पनि बताए।
निजी सवारी साधन मोटरसाइकलसमेत जोर/बिजोर प्रणालीमा चलाउन सकिने खतिवडाको भनाइ छ।
काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *