बेथानचाेक काभ्रे

काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालीका वडा नं २ स्थित भगवती कालापनी कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कृषि उपकरण ट्याक्टर वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।


नेपाल सरकार भुमि व्यवस्था कृषि तथा सरकारी मन्त्रालय कृषि विकास निर्देशनालय हेटाैडाद्वरा सञ्चालित जिल्ला कृषि ज्ञान केन्द्रकाे ७५ %प्रतिशत अनुदानमा साना कृषि यन्त्र उपकरण अन्तरगत ट्याक्टर वितरण कार्यक्रम गरिएकाे हाे ।

उक्त कार्यक्रम बाट ८ वटा समुहका प्रतिनिधिलाई हस्तान्तरण गरिएकाे हाे ।भगवती कालापानी कृषि बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाकाे सभापतित्व रहेकाे कार्यक्रममा बेथानचाेक गाउपालीका उपाध्यक्ष एवम न्यायिक समितिका संयाेजक सरिता लामिछानेकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।


कार्यक्रममा बेथानचाेक २ का वडा अध्यक्ष भगवान घिमिरे वडा सदस्य राम प्रसाद अधिकारी,जयन्ती परियार ,पुर्णकुमारी नेपाली,समाजसेवी घननाथ तिमल्सिना ,हातेमालाे पुस्तकालयका अध्यक्ष विनाेद तिमल्सिना ,जेसिस अध्यक्ष राजेश तिमल्सिना ,ढुंखर्क रेडक्रस उपशाखाका अध्यक्ष केदार बहादुर छेत्री,हाेम प्रसाद तिमल्सिना लगायत संस्थाकाे सदस्यकाे समेत उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा सञ्चालन संस्थाका सचिव भिम प्रसाद तिमल्सिनाले गर्नु भएकाे थियाे ।

