साझा पार्टी मोरङले गर्यो सरकारको रबैयाको बिरोध

  •   विराटनगर
  •   ५ आश्विन २०७७, सोमबार
  •   खबर न्युज नेपाल
0Shares
विराटनगर /अम्लेश

साझा पार्टी मोरङले गर्यो सरकारको रबैयाको बिरोध

बिराटनगर ,

देशभरि संविधान दिवस मनाईरहदा साझा पार्टी मोरङले नेपालको संबिधानलाई समर्थन गर्दै बूहत् र्याली निकालेको छ साथै बर्तमान समयमा भएको बेथिती, बिसंगती बिरुद्धको आवाजलाई बुलन्द पार्दै सरकारको रबैयाको बिरोध गरेको छ।

नेपालमा मौलाएको भष्टाचार,नाता वाद, कृपावाद , कोरोनाको कहरबिच सरकारेले खरिद गरेको स्वास्थ्य समाग्रीमा तिन तहको सरकारले गरेको भष्टाचार कोरोनाको कारणले रोजगार गुमाएको ब्यक्तिहरुको समस्या समधान गर्न नसक्नु , योग्य ब्याक्ति कुलमान घिसिगंलाई बाहिर राख्नु तर चुनाब हारेका बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेर सांसद तथा मन्त्रि बनाउने सरकारसंग आम नेपालि जनताले के अपेक्ष राख्ने बर्तमान सरकारलाई असफल सरकारको संज्ञाया दिदै साझा पार्टी मोरङका संयोजक अमलेश कर्णले आम नेपालि जनताको हितमा सरकारलाई काम गर्न आग्रह समेत गरे।

फाेटाे फाईल:-विराेध कार्यक्रम

संविधान दिवसको अवसरमा साझा पार्टी मोरङले प्रेस विज्ञप्ती मार्फत कोरोना रोकथाम तथा न्युनिकरणका लागि सुझाब सहित निम्न मागहरु राखेका छन् ।

१- पि।सी।आर।जाँच व्यापक मात्रामा र छिटो रिजल्ट आउने खालको गर्नुपर्छ ,साथै एक घर एक पि।सी।आर गर्नुपर्छ ।
२- प्रदेश सरकार र स्थानिय सरकारको अयिकभम अययचमष्लबतष्यल मा गुरु योजना वन्नु पर्छ ।
३- हरेक स्थानिय सरकारले सिमित स्वयमशेवक समुह निर्माण गरी सर्वे गराई प्राप्त वर्तमान टोलको अवस्था प्रतिवेदनको आधारमा त्याहाँको आवश्यकता अनुशारको कार्यक्रम वनाउनु पर्छ ।
४- प्लाज्मा थेरापीलाईलाई व्यापक अभियानको रुपमा विस्तार गरी प्लाज्मा वैंकको अवधारणामा कार्य गर्नु पर्छ ।
५- मुख्यमन्त्रिले कोरोनाको अवस्था र यसका समाधाानका विषयमा भैरहेका कार्यहरु र भोली गर्दै जाने कार्ययोजनाको वारेमा जानकारी दिन , हामी यो कोरोनालाई जित्न सक्षम छौं कसैले हरेस नखानुहोस जस्ता सान्त्वनाको सम्वोधन वेलावेलामा स्थानिय टेलभिजन रेडीयो, पत्रपत्रिका मार्फत गर्नुपर्छ ।
६- कन्ट्याक्ट ट्रेसीगंमा वढी जोडदिनपर्छ,यसैको आधारमा कोरोना युद्ध जित्न सहज हुने भएकाले स्वयमशेवी समुह वनाएर आवश्यक तालीम दिई शुरक्षित रुपमा परिचालन गर्नुपर्छ,।
७- स्वास्थ्य शेवामा हाम्रो पहुँच कम भएकाले यथाशिघ्र डेडिकेटेट कोभिड अस्पताल निर्धारण गरी, आवश्यक भेन्टिलेटर, अक्सिजन सिलिनडर, आवश्यक मेडिसीनको पर्याप्त भण्डारण गर्नुपर्छ ।
८- फ्रन्टलाईनमा वसेर कार्य गर्ने कोरोना योद्धाहरु ९डाक्टर,नर्स, प्रयोगशालामा कार्य गर्नेसहयोगीहरु, शुरक्षाकर्मी, गार्ड लगायतका अन्य फ्रन्टलाईनर व्यक्तित्वहरुको प्रोत्साहन स्वरुप प्रोत्साहन भत्ताको व्यवस्था र विमाको व्यवस्था गर्ने मागहरु राख्दै आजको कार्यक्रम गरिएको हो।

साझा पार्टीका सदस्यहरु सरकारले गरेको राम्रो कामको खुलेर तारिफ गरेका छौ र हाम्रो ध्येय सरकारलाई पुर्ण रुपमा सहयोग गर्ने हो र हामी सहयोग गर्न तत्पर पनि छौ तर सरकारको यस्तै रबैया रह्यो भने हामि बिरोध गर्न विवश हुने छौ किनकि आम नेपालि जनताको साझा समस्या उठान गर्ने हाम्रो पार्टीको मुल उदेश्य हो र हामि जनताको हितमा सदैब कार्य गर्ने छौ साझा पार्टी मोरङका सह संयोजक तथा प्रदेश एकका युवा संयोजक सरोज नेपालले हिपमत डटकमलाई बताउनु भयो।

फाेटाे:-विराेध र्याली

कार्यक्रममा साझा पार्टी मोरङका सचिब श्याम कोईराला ,अभियान बिभाग प्रमुख चिरन्जिबी रेग्मी ,संचार बिभाग प्रमुख दिपेन्द्र पोखरेल , प्रदेश एक सदस्य तथा बिराटनगर महानगरपालिका इन्चार्ज शुभास भारती , महानगरपालिका संयोजक उदेस पन्त ,सचिब बिपिन पाश्वान ,पार्टीका युवा नेताहरु अनिल यादव ,सन्तोष शर्मा ,दिपेश भट्टराई लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *