
लामो समयबाट लोक गित–संगीतमा लागि रहनु भएका लोक पारखी सागर शर्माले आफ्नो नयाँ लोक कोसेली ‘लम्जुङग भोटेवोडार’ बोलको गीत सार्वजनिक भएका छ । नयाँ वर्षको शुभ अवसर पारि दर्शक तथा श्रोतावर्गहरुको लागि गायक राजु परियार र गायिका सम्झना भण्डारीको युगल स्वर सो गित सार्वजनिक भएकाे हो ।
सागर शर्माको लय तथा शब्द तयार भएको उक्त गितको भिडियो समेत तयार भईसकेको जानकारी शर्माले दिए । गितको म्युजिक ऐरेन्ज बिपिन आचार्यले गरेका हुन् । ‘लम्जुङग भोटेवोडार’ गितको भिडियोलाई निर्देशन शिव बिकले गरेका हुन् । गीतमा छायांकन वाशु न्यौपाने र दिपक जोशीले संयुक्तरुपमा गरेका छन् ।
‘लम्जुङग भोटेवोडार’ गितको भिडियोमा बिमल अधिकारी तथा रन्जिता गुरुङको जोडिलाई प्रमुख भुमिकामा अभिनय गरेका छन् । गितलाई सदिश जोशीले सम्पादनमा गरेका छन् । म्युजिक भिडियो लोक परिबेश रोधिघरको आधिकारिक युटुब च्यानलबाट नयाँ वर्षको दिन सार्वजनिक गरिएकाे बताईएको छ ।
भिडियाे यहाँ हेर्नुहाेस:-
लामो समय देखि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लागि रहनु भएका सागर शर्माले यस अघिनै लोक परिवेश रोधिघर नामक कार्यक्रम निर्माण समेत गर्दै आउनु भएकोछ । उक्त कार्यक्रम हरेक शुक्रबार ९ बजे लोक परिबेश रोधिघर नामक युटुब च्यानलमा सार्बजनिक हुँदै आएको छ । उक्त कार्यक्रममा नव प्रतिवान तथा पुराना लोक दोहोरी गायक गायीका बिचमा प्रत्यक्ष दोहोरी घम्सा घम्सी चल्ने गर्दछ ।
आफु यसरीनै सँदैव लोक तथा दोहोरी गितको संक्षरणमा लागि रहने सागर शर्माको भनाइ रहेकोछ ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न