
ललितपुर महानगरपालिका-१३ एकान्तकुना रिङराेड सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका-११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा न्युनिकरणको लागी नेपाल सरकारवाट निशेधाज्ञा जारी भईरहेको रहेका छ ।
विना पासका सवारी साधन जाँच गर्ने क्रममा अम्बरले चलाएको बा.८१ प ७९३ नम्बरको मोटरसाईकल र दिनेशले चलाएको प्रदेश १-०२-९०४० प ८६११ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुले एकै कार्यालय तथा सिरियल नम्बर भएका सवारी पास देखाई एकै नम्बरको सवारी पासमा फरक फरक नाम राखी सरकारी छाप, दस्तखत किर्ते गरी सवारी पास बनाई प्रयोगमा ल्याएको पाइए पश्चात उनीहरुलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता एवं सुचना अधिकारी प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले बताउनु भयाे ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश
उनीहरु उपर लिखत (किर्ते) सम्वन्धी कसुर मुद्दामा जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महर्जनले बताउनु भयाे ।