सवारी चालकलाई सम्मानपुर्वक नमस्कार ,सम्भावित सवारी दुर्घटना न्युनिकरणको लागी प्रहरी निरीक्षक बम

  •   काभ्रे
  •   २३ कार्तिक २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

सडकमा सवारी रोकेर चालकलाई नमस्कार गर्दै  प्रहरी निरीक्षक बिकाश बम

                
लकडाउन (बन्दा बन्दी) खुकुलो भए पश्चात सडकमा सवारी साधनको संख्या बृद्धि भए सँगै सवारी दुर्घटना समेत बढ्न सक्ने संभावनालाई मध्यनजर राखि सम्भावित सवारी दुर्घटना न्युनिकरणको लागी  ईलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक बिकाश बमका अनुसार  राजमार्ग तथा शहरी क्षेत्रहरुमा संचालन हुने गरि  दैनिक रुपमा “चालकसँग १ मिनेट कार्यक्रम” संचालनमा ल्याएको छ ।

यस कार्यक्रम अन्तर्गत सडकमा खटिएको प्रहरीले सर्वप्रथम सवारी साधनलाई रोक्ने काम गर्छ अनि सवारी चालकलाई सम्मानपुर्वक नमस्कार गर्दछ । त्यसपछी कोरोना भाईरस (Covid-19) बाट बच्न को लागी सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क प्रयोग गरौँ, सवारी साधन चलाउदाँ अनिवार्य रुपमा सिट बेल्ट लगाऔँ, मो.सा. र स्कुटर चलाउँदा हेल्मेट र हेल्मेटको फित्ता अनिवार्य रुपमा लगाऔँ, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरि सवारी साधन नचलाऔँ र तिब्र गतिमा सवारी साधन नचलाऔँ भन्दै सवारी चालकलाई सचेतनामुलक सन्देश दिन्छन र तपाईको यात्रा सुरक्षित रहोस ! नमस्कार भनि १ मिनेट भित्र बिदा गर्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *