सल्यान प्रहरीको अभियान खै तपाईको मास्क ?

  •   काभ्रे
  •   १५ बैशाख २०७८, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

सल्यान प्रहरीको अभियान तपाईको मास्क खै ?

बढदो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ ।

पछिल्लो समय दिन दुई गुना रात चौ गुना भने झै दिनप्रतिदिन कोभिड १९ ब्यापक बढ्दै गएपछि आफै सचेत हुन र नागरिक लाई स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य माक्स लगाउन सरकारले अनुरोध गरेको छ ।

सरकारले यति आग्रह गर्दा पनि नागरिकहरु स्वास्थ्य मापदण्ड पुरा नगरि माक्स सम्म नलगाई हिड्न थाले पछि जिल्ला प्रहरी कार्यालय सल्याले तपाईको माक्स खै ? अभियान सुरुवात गरेको छ ।

कोरोनाको दोस्रो रुप नंया भेरियन्टको जोखिम बढ्दै गरेको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यलय सल्यान शारदा नगरपालिका र ट्राफिक प्रहरीले मंगलबार सडकमा सचेतना कार्यक्रम गरेको हो। सल्यान खलंगा बजार श्रीनगर बसपार्क नजिक अगाडी प्रहरीको टोली गत बर्ष फैलिएको कोरोनाको सामना गरेका व्याक्ती हरुको मनमा कोरोनाको नंया भेरियन्ट सम्बन्धि जानकारी नभएकोले यो अति खतरापूर्ण रहेकोले यस बिरुद्ध स्वास्थ र सुरक्षीत रहन जन सचेतनाको निम्ति उक्त कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

प्रहरीले भनेपछि मास्क लगाउदै मोटरसाइकल चालक कोभिड १९ को नयाँ रुप अति भयानक रहेकोले सल्यान क्षेत्रमा संचालित हाटबजार लगायतका प्रमुख चोक हुँदै प्रहरीको उक्त टोलीले बजार परिक्रमा गर्दै बिना मास्क सवारी साधन चालक तथा हिडडुल गर्ने हरुलाइ कोरोना लाई ख्याल नसम्झिन र सुरक्षामा मापदण्ड हरु अपनाउन अनुरोध गरेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द थापाले बताए ।

सल्यानको मुख्य सडकमा प्रहरीको जनसचेतना अभियानमा थापा भन्नु हुन्छ :अति आवस्यक बाहेक सबै कुरा बन्द हुने गरि लगत्तै लकडाउन हुनसक्ने भएकोले नागरिकमा यो प्रारम्भिक जानकारीको निम्ति पनि प्रहरीले यसरी जन सचेतना कार्यक्रम चलाएका हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *