
काठमाडौं, ११ फागुन ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको छ । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको संवैधानिक इजलासले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक ठहर गर्दै संवैधानिक इजलासले १३ दिनभित्र संसद बोलाउन आदेश समेत दिएको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु तेजबहादुर केसी, अनिलकुमार सिन्हा, विश्वम्भर प्रसाद श्रेष्ठ र सपना मल्ल छन् ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न