जेठ ३१ गते शुक्रबार काठमाडाैं

लकडाउनकाे समयमा पनि निकै व्यस्त देखिएका कलाकार सराेज दाहालकाे अभिनय रहेकाे आधुनिक गित ‘फुलै फुलको डोलीमा” सार्वजनिक भएको छ ।
गितमा गायिका शारदा चौधरी लिम्बुको शब्द, स्वर तथा संगित रहेकाे छ । माया प्रेममा आउने उत्तराचढावलाई कलात्मक रुपमा बुनिएको गीतको भिडियोमा सरोजलाई रेनु सेन्चुरी र योन्जी लामाले साथ दिएका छन् ।
म्युजिक पार्क स्टुडियोमा रेकर्डिङ भएको गीतको स्कृप्ट आईता जिमी, एरेन्ज राजेश श्रेष्ठ, छायांकन विनोद याक्चा र निर्देशन विरेन तितुङले गरेका हुन् ।
भिडियाे हेर्नुहाेस :-
कलाकार सराेज दाहालकाे केही दिन अघि मात्र आएकाे दाेहाेरि गित ‘आउछु फर्केर’ दर्शककाे राम्राे प्रतिक्रिया पाईरहेकाे छ । भने नेपालकाे नं १ मा रहेकाे पारिवारिक कथा बाेकेकाे टेलिश्रृखला ‘दृष्टि’ मा पनि दाहालकाे सशक्त अभिनय देख्न सकिन्छ ।
।