सरकारलाई नेपाली काग्रेसकाे ज्ञापनपत्र

  •   काभ्रे
  •   ३ असार २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेपलाञ्चाेक/
नेपाली कांग्रेसको केन्द्रीय परिपत्र अनुसार सरकारको गैर जिम्मेवारी, अकर्मण्यता कोरोना परिक्षण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको हेलचेक्र्याइ र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रस्टाचार बिरूद्ध प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्य ७७ जिल्ला र अन्तर्राष्ट्रिय सम्पर्क समितिको कुल १२० स्थानमा सम्पन्न भएकाे छ ।


नेपाली काँग्रेस काभ्रेले पनि जिल्ला प्रशासन कार्यालय, काभ्रेमा जिल्ला प्रशासन अधिकारी श्रवण कुमार तिमल्सिना मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई १२ बुँदे ज्ञापन–पत्र बुझाएको छ । पार्टी जिल्ला सभापति मधु आचार्यको नेतृत्वमा असार २ गते मंगलबारउक्त ज्ञापन–पत्र बुझाएको हो ।
सरकारको गैर जिम्मेवारी, अकर्मन्यता, कोरोना परिक्षण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको हेलचेक्र्याई तथा भ्रष्टचारको विरुद्ध ज्ञापन पत्र बुझाएको जिल्ला सभापति आचार्यले जानकारी दिए ।


‘नेपाली कांग्रेसको निरन्तरको सहयोग, संचार माध्यम, नागरिक समाज र आम जनताको साथले सृजना गरेको अनुकूलताको वावजुद पनि सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमण विरुद्धको लडाईमा अनपेक्षित क्षति वेहोर्न परेको छ । काँगे्रसको सुझावलाई मनन् गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन । तसर्थ कोभिड–१९ को प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपद्बाट जोगाउन यो ज्ञापन पत्र बुझाएका हौं, कांग्रेसले भनेको छ ।
नेपाली कांग्रेसले प्रारम्भदेखि नै कोभिड–१९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्व उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने देश र जनतालाई जोगाउने उपायबारे सुक्ष्मरुपले अध्ययन र विश्लेषण गर्दै कोभिड–१९ विरुद्धको लडाईमा सरकार लगाायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ भनिएको छ ।


उक्त कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति अच्यूत पौडेल, सचिव दिनेश लामा, प्रतिनिधिसभाका सभापति कञ्चनचन्द्र बादे र तीर्थ लामा, प्रदेशसभा क्षेत्रिय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, भातृ तथा शुभेच्छुक संघ, संस्थाका प्रतिनिधि लगायत कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । ज्ञापन पत्र बुझाउन अगाडि धुलिखेलको सरस्वती बजारबाट जम्मा भएर जिल्ला प्रशासन कार्यलय सम्म सरकार बिरोधी नारा लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *