
सरकारको जनविरोधी कृयाकलाप विरूद्ध चौतर्फी आन्दोलन
भोला नेपाल
मण्डन देउपुर, काभ्रे
कोरोना कहरको समयमा केन्द्रीय सरकारद्वारा जनताको प्राथमिकताको बिषयहरू स्वास्थ्य ,शिक्षा, खानेपानी लगायत दैनिक जनजिविकाका सवालमा गम्भीर हुन नसकेको आरोप देशभरिको युवाहरूले लगाईरहेका छन्। आज लकडाउनको ८१ औं दिनसम्म व्यापार, व्यवसाय, शैक्षिक संस्थाहरू,उद्याेग कलकारखाना लगायत सार्वजनिक यातायातको क्षेत्र ठप्प छ।

जनताहरू घरभित्र उकुसमुकुस भएर बस्न बाध्य छन्। दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरूको दैनिक थप कष्टकर बन्दै गैरहेको छ भने यातायात ब्यबसायी,उद्योगी, ब्यबसायीहरू बैङ्कमा भुक्तानी गर्न नसकेर आजित भैसकेका छन्।

यस तर्फ सरकारको ध्यान गएको छैन।जनतालाई पशु समानको ब्यबहार गर्ने बर्तमान सरकारले कोरोना कोभिड १९ नियन्त्रणको लागि संकलित १० अर्ब रकमको दुरुपयोग गरेको, मन्त्री तथा सांसदको तलब भत्ताहरू बृद्धि भएको, राज्यको माथिल्लो निकायमा चरम भ्रष्टाचार र अनियमितता भयको आरोप स्वतन्त्र युवाहरूको छ। यसैको बिरोध स्वरूप स्वतन्त्र युवाहरुद्धारा चरणबद्ध आन्दोलनको थालनी देशभरीबाट भैरहेको छ।

काभ्रेपलाञ्चोक जिल्ला को मण्डनदेउपुर नगरपालिकाको कुन्ता बेसीमा पनि आज शान्तिपुर्ण प्रदर्शन गरेका थिए। मण्डनदेउपुर नगरपालिका वडा नं ७का भाइ सुदिप सापकोटाले हिजो सामाजिक सन्जालमा गरेको सुचना को आधारमा युवाहरु जम्मा भएर मन्डनदेउपुरका सचेत युवाहरुले नागरिक स्तरबाट दबाब दिएका छन । नागरिक स्तरबाट गरिने यसप्रकारको खबरदारी नियन्त्र हुने उपस्थिति सहभागीहरूले जनाउनु भयको थियो।
