सम्पन्न भयो नेशनल प्याव्सन भक्तपुरको आठौं साधारण सभा

  •   काभ्रे
  •   १६ फाल्गुन २०७८, सोमबार
  •   खबर न्युज नेपाल
0Shares
अमरकृष्ण चन्द

सम्पन्न भयो नेशनल प्याव्सन भक्तपुरको आठौं साधारण सभा
भक्तपुर/निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुर जिल्ला शाखाको आठौं साधारण सभा सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा प्रमुख अतिथि केन्द्रीय अभ्यक्ष सापकोटाले पानसमा दीप प्रज्ज्वलन गरी उदघाटन गरेका थिए । कार्यक्रममा सापकोटाले सरकारले निजी विद्यालयको हत्या गर्न चाहेको बताउँदै तर हत्या गरेको बात लाग्ने भएकोले सरकार निजी विद्यालयलाई आत्महत्या गराउन खोजेको आरोप लगाए । सरकारले ऐन बनाएर निजी विद्यालयलाई कस्न खोजेको उल्लेख गर्दै सहकारी र गुठी मार्फत मात्र निजी विद्यालय सञ्चालन गर्न खोज्नु गलत रहेको सापकोटाको कथन थियो । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहमा गए सँगै निजी विद्यालय संघ र स्थानीय तहको चेपुवामा परेको र स्थानीय तहले विद्यालय सम्बन्धि एकल अधिकारको प्रयोग गर्दाको मार निजी विद्यालयले भोगेको समेत बताए ।
कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले नेशनल प्याब्सन भक्तपुरले शैक्षिक नीति बनाएको उल्लेख गर्दै सोहि अनुसार अघि बढिरहेको जानकारी दिए । अध्यक्ष खड्काले संस्थामा आबद्ध सबै सदस्य विद्यालयको जग मजबूत बनाउनका लागि पूर्व प्राथमिक तह स्तरोन्नति (मन्टेश्वरी पद्दति) जिल्लाका ३४ सदस्य विद्यालयमा २०७८ चैत्र महिना देखि सुरु गरिने जानकारी दिए । नेशनल प्याव्सन भक्तपुरको आफ्नै पक्की भवण २०७९ मा शिल्यान्यास गरी काम सुरु गरिने र जसमा सम्पूर्ण सदस्यहरुको साथ एवं सहयोगको अपेक्षा गरेको समेत खड्काले बताए ।

साधारण सभामा नेशनल प्याब्सन भक्तपुरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार जीबी खड्काले नेशनल प्याब्सनले थुप्रै उतार चढाव झल्दै अब नेशनल प्याब्सन समृद्धितिर लागिरहेको धारणा राखे । खड्काले निजी विद्यालयप्रति सरकार सकारात्मक नभए पनि शिक्षाको विकासका लागि निजी तवरले उल्लेखनीय योगदान दिएकोले यसको सहि मुल्यांकन हुनपर्ने बताउँदै निजी विद्यालयको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए । नेशनल प्याब्सन भक्तपुरले जग्गा खरिद गरिसकेको अवस्थामा छिटोभन्दा छिटो भवन निर्माणतर्फ लाग्न जिल्ला समितिलाई उनको सुझाव थियो ।
यस्तै अर्का नेशनल प्याब्सन भक्तपुरका सल्लाहकार बिक्रम ढुकुछुले निजी विद्यालयहरूका समस्या समाधानमा राज्य नलागेकोले स्वयम् विद्यालय सञ्चालक नै लाग्नु पर्नेमा जोड दिए । ढुकुछुले निजी विद्यालयलाई राज्यले नियमन गर्न खोज्नु राज्य कै लागि घातक हुने तर्फ राज्यले सोच राख्नुपर्ने बताए ।
डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न नेशनल प्याव्सन भक्तपुरको साधारण सभाको अवसर पारेर टाटाले नयाँ स्कुल बस लन्च गरेको छ । नयाँ मोडल र विशेषता सहितको स्कुल बस नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा र नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले संयुक्त रूपमा लन्च गरेका थिए । विद्यालयहरूका लागि आवश्यक र विद्यार्थीमैत्री स्कुल बस नयाँ मोडलका साथ बजारमा आएको बताउँदै सिप्रदीका मार्केटिङ अफिसर विकास दाहालले स्कुल बस बिएस फोर टाटा मार्कोपोलो बजारमा ल्याएको जानकारी दिए । सो बसमा एबिएस ब्रेक, ८५ एचपी पावर र सिआर इन्जिन रहेको उल्लेख गर्दै बस खरिदमा क्यास डिस्काउन्ट र एक्सचेञ्जको पनि सुविधा रहेको समेत दाहालले बताए ।

जिल्ला अध्यक्ष संजय खड्काको सभापत्तित्वमा सम्पन्न साधारण सभा जिल्ला सचिव जयप्रकाश राईले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *