महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्ययले मातहत कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी अधिकृतहरुलाई समसामयीक विषयवस्तु, अपराध अनुसन्धान र शान्ति सुरक्षा व्यवस्थालाई थप सबल र सुदृढ बनाउन गर्नुपर्ने कार्यहरूबारे आवश्यक निर्देशन दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय ललितपुर मातहतका प्रहरी कार्यलयहरुबाट सम्पादन हुने विभिन्न प्रहरी सेवा, अपराध नियन्त्रण एवं अनुसन्धान साथै जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, भौगोलिक अवस्था, समस्या तथा चुनौती लगायत कोरोना भाईरस नियन्त्रणका लागि प्रहरीले गरेका विभिन्न गतिविधिहरु समेतको प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं समय सान्दर्भिक बनाउन र साथै बद्लिदो परिस्थिति अनुरुप आम नागरिकमा प्रहरी प्रतिको विश्वास एवं अपेक्षामा समेत वृद्धि हुँदै गएकाले प्रहरीले समेत नागरिकलाईनै केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्न निर्देशन गर्नुभयो । साथै सबै प्रकारका दण्डहिनताको अन्त्यको लागि कुनैपनि सामाजिक अपराधहरुले प्रश्रय पाउन नहुने बताउँदै यसप्रति सचेत भई जिल्ला अन्तर्गत हरेक नागरिकले प्रहरी सेवाको महसुस हुने गरि विशेष कार्ययोजनाका साथ प्रहरी परिचालन हुनुपर्नेमा समेत प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले जोड दिनुभयो ।