समग्र सामाजिक,आर्थिक र राजनीतिक गतिबिधि लगभग ठप्प :-पुरूषाेतम तिमल्सिना

  •   काभ्रे
  •   २३ जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
0Shares

पुरूषोत्तम तिमल्सीना
वेथानचोक-२
हाल जापान

नेपाल सरकारले नागरिकको अति संबेदनशील बिषयमा पनि त्यति ध्यान दिएको देखिदैन। जसका कारण बिरामी ,सुत्केरी महिला ,बिद्यार्थी ,श्रमिक वर्ग , किसान  तथा ब्यवसायीहरु प्रत्यक्ष मारमा  परेको अवस्था छ।

जनता डायरी:-जापानबाट सिक्नू पर्ने केही तथ्यहरू

अहिले विश्व मानव जगत कोभिड-१९ को संक्रमणबाट ग्रसित र त्रसित छ। यस रोग बाट बच्न हरेक देशले जनताको सुरक्षाकालागि फरक फरक  शैली अबलम्बन गरिरहेका छन् । विश्वको धेरै देशहरुले लकडाउन गरिरहेका छन् भने नेपालले पनि ७३ दिनदेखि लकडाउन गरिएको छ। यो अबधिमा समग्र सामाजिक,आर्थिक र राजनीतिक गतिबिधि लगभग ठप्प छन । सरकारले नागरिकको अति संबेदनशील बिषयमा पनि त्यति ध्यान दिएको देखिदैन। जसका कारण बिरामी ,सुत्केरी महिला ,बिद्यार्थी ,श्रमिक वर्ग , किसान  तथा ब्यवसायीहरु प्रत्यक्ष मारमा  परेको अवस्था छ। तथापी  कोरोना संक्रमणको दररेट भने दैनिक बढ्दो गतिमा छ। लकडाउन यसरि नै थपिदै जादा नेपाल जस्तो बिकासोन्मुख मुलुकले पनि गतिलो आर्थिक संकट बेहोर्नु पर्ने पक्का छ । अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको  रेमिटयान्स पनि घट्दो दरमा छ। जसले  गर्दा आम मानिसको जनजीबन समेत नराम्रोसंग प्रभावित हुने पक्का छ।

लकडाउन बिना पनि कोरोना जित्न सकिदो रहेछ भन्ने ज्ञान मैले आजभोलि जापान र जापानी जीबनशैलीबाट सिक्दै छु। सुरुवाती चरणमा चिन पछि दोश्रो बढी संक्रमित रहेको जापानमा संक्रमित ह्वातै बढे पछि २०२० मई बाट आपतकालिन स्थितिको घोषणा गरेको थियो। आपतकालिन स्थिति सुरु भएको ५० औं दिनमा नै आपतकालीन स्थितिको अन्त्य गर्न जापान सरकार सफल पनि भयो। आपतकालीन स्थितिमा पनि होटेल, डिपार्टमेन्टस्टोर, बस, ट्रेन, सुपरमार्केट लगायत साना पसलहरु भने संचालित थिए। उक्त अवधिमा जापान सरकारले नागरिकलाई सामान्य सुचना  मात्र जारी गरेको थियो। जापानी नागरिकले सरकारको अनुरोध सहर्ष पालना गर्दै  अनावश्यक बाहिर घुमफिर नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने ,सामाजिक दुरीलाई पूर्णतया पालना गर्ने , सेनिटाइजर को प्रयोग गर्ने जस्ता सामान्य कुराहरुमा ध्यान पुर्याएका थिए। यि सुरक्षा कबज अपनाउँदा लकडाउन  बिना नै कोरोना जित्न सकिन्छ भन्ने उदाहरण यहाँ बाट लिन सकिन्छ। अहिले यहाँको जनजिवन लगभग सामान्य स्थितिमा फर्किसकेको छ। ट्रेन स्टेसन, पार्क तथा  होटेलहरुमा पनि बिस्तारै मानिसहरुको भिडभाड बढ्दो क्रममा देखिन्छ।


नेपालमा पनि सरकारले उचित र दिर्घकालिन सोचका साथ लकडाउन को बिकल्प ल्याउने र  आम नागरिकले पनि सकारात्मक र प्रभाबकारी रूपमा सरकारलाई साथ दिने हो भने कोरोना बाट मुक्ती पाउन सकिन्छ भन्ने मलाई लाग्दछ। हामीले पनि जापानका नागरिकहरुले जस्तै सुरक्षाका बिधिहरु अक्षरस पालना गर्ने हो भने यो महामारीलाई सजिलै पार गर्न सकिन्छ भन्ने अनुभव जापानमा बसेर लियको छु। नेपाल सरकार र नेपाली जनतालाई कोभिड-१९ बिरुद्दमा जापानले चालेको कदमलाई अनुसरण गर्न हार्दिक अपिल गर्दछु।

धन्यबाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *