
"सवारी चालकलाई लागुपदार्थ सेवन गरे नगरेको चेकजाँच कार्यक्रम "
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलान्चोकको पहलमा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोगमा सवारी चालकले लागुपदार्थ सेवन गरे नगरेकाे चेकजाँच कार्यक्रम सम्पन्न भएकाे छ।


स्थानीयले गरेको गुनासोको आधारमा अरनिको राजमार्ग र बि.पि. राजमार्ग भएर लामो दूरीमा चल्ने भाडाका सार्वजनिक यात्रुवाहक सवारी साधन तथा पनौती, धुलिखेल र बनेपा क्षेत्रका स्थानीय रुटका लोकल सार्वजनिक सवारी साधनहरुबाट हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक प्रमिला श्रेष्ठको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त चेकजाँच टोलीले लागुपदार्थ सेवन गरी तीव्र गतीमा सवारी साधन चलाउने, प्रेशर हर्न बजाउने, लापरबाही गरी सवारी साधन चलाउदा सार्वजनिक सवारी साधनहरुबाट हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले Drug Test Kit र Breathalyzer को प्रयोग गरी ५० जना चालकहरुलाई लागु पदार्थ र मादक पदार्थ सेवन चेकजाँच गरिएको ट्राफिक प्रमुख श्रेष्ठले जानकारी गराउन भयाे ।