स्याडंजा कालीगण्डकी गाँउपालिका भित्र कालोपत्रे प्राईमर राख्ने काम सुरू
, कार्तिक -२०

स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा सडक कालो पत्रे गर्ने कार्यले तिब्रता पाएको छ। कालीगण्डकी गाउँपालिकाको मिर्मी देखि रिडि सम्मको सडकलाई तीन भागमा बिभाजन गरि सडक कालोपत्रे गर्ने कार्य अगाडि बढाइएको छ।
बुधबारबाट वैघा-रिडी सडक खण्ड अन्तर्गत पर्ने कालीगण्डकी गाउँपालिकाको वडा नम्बर तीन वैघाबाट कालोपत्रेका लागी सडकमा प्राइमर राख्ने काम सुरु भएको कालीगण्डकी गाउँपालिकाका नेकपा अध्यक्ष एवम् श्री जनहित माविका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कृष्ण लामीछने मगरले जानकारी दिनु भयो।
वैघाबाट रिडी सम्मको सडक खण्ड कालोपत्रे गर्ने जिम्मेवारी सगुन कन्स्ट्रक्सनले लिएको छ। मौसम र अन्य प्राबिधिक पक्षले साथ दिएको खण्डमा मङ्सिर महिनाको अन्त्य तिर सडक कालोपत्रे कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। उक्त सडककोअवलोकन कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा मगर, उपाध्यक्ष सावित्रा कोइराला , कालीगण्डकी गाउँपालिका नेकपा अध्यक्ष कृष्ण लामिछाने , आलमदेवी टेलिभिजनका प्रबन्ध निर्देशक दिपक बिश्वकर्मा लगायत अन्य स्थानीय समाजसेवीहरु द्वारा गरिएको थियो।