
शैक्षिक महिला सञ्जाल द्वारा सविता उप्रेती सम्मानित ।
काठमाडौं ।शैक्षिक महिला सञ्जालको प्रथम स्थापना दिवसको अवसरमा अटिजम भएका बालबालिकाको सेवामा समर्पित भई विगत एक दशक देखि काम गर्दै सामाजमा ठुलो योगदान दिदै आउनु भएकी भनि सामाजिक अभियान्ता तथा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDR) की संस्थापक तथा केन्द्रिय अध्यक्ष सबिता उप्रेती सम्मानित हुनु भएको छ ।
”शिक्षा क्षेत्रमा महिलाको आबद्धता,गुणस्तरिय शिक्षाको प्रतिबद्धता” भन्ने मुल नाराका साथ शैक्षिक महिला सञ्जालको प्रथम वार्षिकोत्सव एक औपचारीक कार्यक्रम मार्फत गोकर्णेश्वर-५ ,मा अवस्थित नयाँवस्तिमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष पार्वती दाहालले महिलाको नेतृत्व तथा व्यक्तित्व विकास गराउँदै विविध सामाजिक कार्यहरु गर्ने संस्थाको प्रमुख उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले संस्कारयुक्त शिक्षा र सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा लागेका महिलाहरुलाई पनि समेट्नुपर्ने कुरामा पनि जोड दिनुभयो ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष,सदस्य,प्याप्सन तथा काठमाडौंमा निजी विद्यालय सञ्चालन, प्रिन्सिपल तथा डाइरेक्टर लगाएतका विभिन्न संस्थाको नेतृत्व गर्ने व्यक्तिहरु उल्लेखनीय सहभागिता रहेको थियो ।
- १५ बुँदे घाेषणापत्र सहित वज्राचार्य टिमकाे उम्मेद्वारी
- उद्योग वाणिज्य संघ ललितपुरकाे अधिवेशनमा बज्राचार्य प्यानलकाे उम्मेदवारी घाेषणा
- लागु औषध चरेश सहित १ जना पक्राउ /डडेल्धुरा
- गेष्टहाउस सञ्चालिका देहव्यापारकाे आरोपमा पक्राउ
- ललिता निवास प्रकरण :-१७ जनालाई धरौटीमा र १जनालाई साधारण तारेखमा छोड्न आदेश