बनेपा
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ नाला शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको बनेपा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको कमपाेष्ट मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६ नंको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो।गाडि सडकबाट २०० मिटर तल खसेकाे थियाे।
गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरिक्षक तिमल्सिनाले जनाएका छन। प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएकाे छ।