काठमाडौं, २ पुस ।
शुक्रबार (भोली)देखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हट्ने भएको छ ।
बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघसंस्थाका प्रतिनिधिको बैठकले जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकाल्दै हटाउने निर्णय गरेको हो ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजार प्रणाली उल्लंघन गरेर सवारी चलाउने घोषणा यसअघि नै गरेका थिए
जोरबिजोर हटाउने सहमतिसँगै शुक्रबारबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएकोबताए ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया