
वैदेशिक रोजगारमा पठाईदिने भनि सामाजिक संजाल (Online) मार्फत ठगी गर्ने पक्राउ
ललितपुर महानगरपालिका वडा नं १९ कुमारीपाटी स्थित High Success Management Group
Pvt. Ltd नामक अफिस संचालन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
सिंगापुर, पोर्चुगल, हंगेरी लगायतका देशहरूमा सहुलियत मुल्यमा बैदेशिक रोजगारको लागी पठाईन्छ भनी सामाजिक संजाल फेसबुकमा उक्त देशहरूमा जान ईच्छुक व्यक्तिहरुले रु. ५,०००।- सहित फारम भर्न आउनको लागी सम्पर्क गर्नु होला भनी प्रचार-प्रसार गरी सर्व साधारण मानिसहरूलाई बिभिन्न आश्वासन दिलाई, प्रलोभनमा पारी ठगि गर्दै अाएकाे खुलेकाे छ
दाङ लमही ५ घर भएका माईकल सिंह बस्नेत, निजकै भाई सरोज अधिकारी भन्ने शिसिर बस्नेत, रुपन्देही कोटहिमाई २ घर भएको सुमित कुमार उपाध्याय, र धादिङ घर भएका समिर तामाङ समेत हाल बैदेशिक रोजगारको सिलसिलामा साईप्रश देशमा रहेका सफल गुरुङको दस्तखत किर्ते गरी निजको नामबाट नबिल बैंक, कुमारीपाटी शाखामा खाता खोली बिभिन्न स्थान बस्ने पिडित लगायतका सर्वसाधारण व्यक्तिहरूलाई उक्त खातामा रकम जम्मा गर्न लगाई जम्मा रु. ७२लाख ३२हजार ६ सय ६५ ठगी गरेको प्रहरीले बताएकाे छ ।
हाल सम्म सम्पर्कमा आएका पिडीतहरूको जाहेरीका आधारमा संलग्न व्यक्तिहरू मध्ये आफुलाई सरोज अधिकारी भन्ने शिसिर बस्नेतलाई पक्राउ गरी ठगी मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एवं सुचना अधिकारी प्रज्वल महर्जनले बताउनु भयाे ।
- विमल मेमोरियल विद्यापीठकाे अभिभावक दिवस सम्पन्न
- राजन तामाङ र एलिना चौहानको आवाजमा ‘मरे त सम्झना
- काभ्रे जिल्लाव्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न
- प्रहरी नायब निरीक्षक सन्तोष बानियाँ असोज महिनाको उत्कृष्ट प्रहरी घाेषित
- काभ्रेजिल्ला घिमिरे समन्वय समितिको चौथो अधिवेशन सम्पन्न
उल्लेखित प्रतिवादीहरू मध्ये माईकल सिंह बस्नेत र सुमित कुमार उपाध्याय समेतको बिरुद्धमा यस भन्दा पुर्व काठमाण्डौं तथा ललितपुर जिल्लामा ठगी मुद्दा चली सम्बन्धित अदालतबाट
धरौटी रकम बुझाई तारेखमा छुटी हाल सम्म फरार रहेका थिए ।