वेथानचोक जेसिज को पदस्थापन र पार्वती मा वि को ६१ औं स्थापना दिवस सम्पन्न

  •   काभ्रे
  •   १८ माघ २०७७, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

वेथानचोक जेसिज को पदस्थापन र पार्वती मा वि को ६१ औं स्थापना दिवस सम्पन्न

मछिन्द्र कुमार लामा
वेथानचोक क्षेत्र सरोकार समाज

२०७७ माघ १७ गते शनिवार वेथानचोकमा बिभिन्न कार्यक्रमहरु सम्पन्न भयको छ। वेथानचोक जेसिजको पद हस्तान्तरण तथा ब्यक्तिक्तो सम्मान कार्यक्रम वेथानचोक गाउँ कार्यपालिकाको भवनमा भएको थियो।
वेथानचोक गाउँपालिकाको साबिक ढुंखर्क गाबिस बाट पहिलो बिद्याबारिधी गर्ने युनेस्को नेपालका शिक्षा शाखा प्रमुख डा बलराम तिमल्सीना, बरिष्ठ पत्रकार तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार परशु घिमिरे, वेथानचोक गाउँपालिका बाट नै नेपाल सरकारको सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) पदमा सफल हुनु भयका पहिलो ब्यक्तित्व नमराज घिमिरे, संगितकार संघ का कोषाध्यक्ष तथा चर्चित संगितकार राजेश थापालाई सम्मान गर्ने कार्यक्रम तय गरिएको थियो भने सम्मान कार्यक्रममा कार्यव्यस्तता को कारण बरिष्ठ पत्रकार परशु घिमिरे र नेपाल सरकारका सहसचिव नमराज घिमिरे भने उपस्थित हुनुभयको थिएन।

कार्यक्रममा बर्ष २०२० का अध्यक्ष जेसि राजेश तिमल्सीनाले बर्ष २०२१ का नवनिर्वाचित अध्यक्ष जेसि हरिकृष्ण दाहाल लाई पद हस्तान्तरण गर्नु भयको थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमगाईको प्रमुख आतिथ्यतामा भयको कार्यक्रममा जेसिजको जस्तै एक बर्षे कार्यकाल अन्य क्षेत्रमा पनि लागु गर्न सकेमा अन्य क्षेत्र पनि जेसिज जस्तै स्वच्छन्द, पारदर्शिता र ब्यक्तित्व बिकासमा अब्बल हुनेथियो भन्ने बिषयमा बक्ताहरूले जोड दिनु भयको थियो। जिन्दगीभरि मैले केही लियको छैन संगठनलाई दिईरहेको छु भन्दै पदमा झुन्डिरहने अनि अदृष्य लाभबाट आफुलाई अभिषेक गराईरहने हरूका लागि भने यो कार्यक्रमले चोटिलो प्रहार गरेको छ भन्नेको पनि संख्या कमि थियन। बर्ष २०२१ का वेथानचोक जेसिज का अध्यक्ष जेसि हरिकृष्ण दाहाल ज्यु लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

श्री पार्वती मा वि को ६१ औं बार्षिक उत्सव पार्वती मा वि को प्राङ्गणमा सम्पन्न भयको थियो। बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष भगवान घिमिरेज्युको अध्यक्षता र वेथानचोक गाउँपालिका प्रमुख प्रमुख प्रेम बहादुर तिमल्सीना ज्यु को प्रमुख आतिथ्यतामा भयको उक्त कार्यक्रममा यस बिद्यालयका पुर्व प्रधानध्यापक डा बलराम तिमल्सिना, नेपाल शिक्षक सङ्घ बागमती प्रदेश अध्यक्ष नारायण प्रसाद तिमल्सिना, बेथानचोक गाउ पालिका,बेथानचोक गाउपलिका शिक्षा शाखा, स्वास्थ्य शाखा, प्राविधिक शाखा,बेथानचोक गाउपलिका वडा नम्बर -२ ,अक्षय कोष दाता दृष्टी नेपालका कार्यकारी निर्देशक श्रद्धेय शिव चन्द्र नेउपाने,अक्षयकोष दाता कृष्ण प्रसाद तिमल्सिना, सरीमाइ तिमल्सिना, सहयोगी सन्स्था नाङ्शाल एशोसिएसन, ग्रामीण विकास संस्था, बर्ष उत्कृष्ट शिक्षक बाट सम्मानित हुनु हुने पुरुषोत्तम अधिकारी लगायत विद्यालयको वैकल्पिक सिकाइ सहजीकरणका लागि सहयोग गर्नु हुने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरियको थियो।
वि सं २०१६ सालमा स्थापित यस बिध्यालयको एक मात्र जीवित संस्थापक सदस्य श्री प्रेम प्रसाद तिमल्सीना लाई पनि सम्मान गरियको थियो। तत्कालीन पार्वती प्रा विको पहिलो संचालन समितिको बैठक प्रेम प्रसाद तिमल्सीनाज्युको (सानोमुखिया) निजि निवास पाट्नेखोलामा सम्पन भयको बिषय संस्थापक सदस्यले जानकारी गराउनु भयको थियो।
यसै बिध्यालय बाट अक्षरआरम्भ गर्नु भयका पुर्व विद्यार्थीहरू देशको उच्च ओहोदाको साथसाथै बिभिन्न संघसंस्थाको सफल नेतृत्व गरिरहनुभयको ले यस संस्थाको संरक्षण र सम्बर्द्धन गर्नु प्रत्येक ढुंखर्कबासि लगाएत शुभचिन्तक हरूको प्रमुख दायित्व र कर्तव्य भएको वक्ताहरूको जोड थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *