विश्व थर्काउने :-हिमालयन टाईगर

  •   काभ्रे
  •   २३ जेष्ठ २०७७, शुक्रबार
  •   खबर न्युज नेपाल
resling tiger
0Shares

विश्व थर्काउने टाईगर
युवा पुस्तामा रेस्लिङ्ग खेलको आकर्षण दिनानुदिन बढ्दो छ । पश्चिमा मुलुकमा निकै ख्याति कमाएको रेस्लिङ्ग बिस्तारै नेपालमा पनि शुरु हुन् थालेको छ । नेपालमा रेस्लिङ्ग खेललाई सम्झन साथ एऊटा व्यक्तिको नाम सबैले सम्झने गर्ने गर्दछन् । त्यो भरत बहादुर बिसुराल अर्थात रेस्लिङ्गमा उनीलाई हिमालयन टाईगरको नामले चिनिन्छ । नेपाललाई प्रतिनिधित्व गर्दै बाहिरी मुलुका प्रतिस्ठित क्लबमा आबद्ध भई व्यवसायीक रुममा रेस्लिङ्ग खेल्न शुरु गर्ने पहिलो नेपाली समेत हुन् । झट् हेर्दा डरलाग्दो स्वरुपका हिमालयन टाईगरसँग गरिएको कुराकानी:-


दिन कसरी वित्दै छ?
लकडाउनले गर्दा सबै कार्यक्रम रद्ध भए ,घरमा नै व्यायाम गर्ने गरेकाे छु ।न्युज हेर्ने डाइटिङ गर्ने यस्तै यस्तै छ ।
तपाई रेस्लिङ्ग खेलमा कसरी प्रवेश गर्नु भयो ?
मेरो प्रवेश रेस्लिङ्ग खेलमा कसरी भयो भन्ने कुरा भन्नु भन्दा पहिले अलि कति बिगतलाई सम्झन चाहे मेरो जन्म लमजुङ्ग जिल्लामा भएको थियो । म सामान्य परिवारको व्यक्ति हुँ । मेरो बुवा नेपाली सेनामा सेवा गर्नु हुन्थ्यो । त्यहि भएर पनि बुवा मलाई नेपाली सेनामा भर्ती भइदियोस् भन्ने चाहानु हुन्थ्यो । एक पटकको कुरा हामी टिभि हेर्दै थियौ । त्यहि बेला नेपाल टिलिभिजनले कता कता बाट रेस्लिङ्ग दिएको रहेछ । मैले पहिलो पटक रेस्लिङ्ग खेल त्यहि हेरेको थियो । बुवाको इच्छा र चाहानाको कदर गर्दै म नेपाली सेनामा भर्ति भए । ११ बर्ष मैले नेपाली सेनामा रहेर देशको सेवा गर्ने मौका पाएँ । नेपाली सेनामानै छँदा म शान्ति सेनाको रुपमा अफ्रिकन मुलुकको देश बाहिर गएँ । त्यहाँ हामी रेडक्रसमा रहेर काम गर्ने शिलशिलामा त्यहाँका लडाकुहरुले हामीलाई देश छोड्न धम्क्याए र देश छोड्ने ४ दिनको समय दिए । हामी त्यो देश छोड्नु पर्यो । त्यसपछि म अमेरिका गएँ । त्यहाँ रहँदा विभिन्न काम गरियो । त्यहाँ रहँदानै मैले रेस्लिङ्गको बारेमा बुझ्ने मौका पाएँ । बिस्तारै यो खेल प्रति इच्छा बढ्यो । अब म पनि यो खेल सिक्छु र यसैमा केहि गर्छु भन्ने सोचाइ आयो र यो खेल्नमा प्रवेश गरेँ ।
रेस्लिङ्ग खेलमा उचाल्ने, पर्छार्ने जस्ता कृयाकलाप देखाइन्छ । त्यो कत्तिको सत्य हुन्छ ?
त्यो सत्य हो । धेरैले नाटक गरेका भन्ने जस्तो कुरा गर्छन् । त्यो नाटक होइन् । रेस्लिङ्ग खेल खेल्न पनि राम्रो परीक्षण लिएर मात्र खेलिने गरिन्छ । रेस्लिङ्गमा गरिने गरेक कृयाकलाप बास्तविक हुन् । तर त्यो कसरी पर्छार्ने, कसरी उचाल्ने भन्ने कुरा चाहि प्रशिक्षण लिनु पर्ने हुन्छ । रेस्लिङ्ग खेल आफु मात्र खेल्ने खेल होइन् । यसमा जो आफ्नो प्रतिपक्ष हो । उसँग मिलेर खेल्नु भावना बुझेर खेल्नु पर्छ । अन्यथा दुर्घटना वा चोट पटकमा पर्न सकिन्छ ।
नेपालमा अन्तराष्ट्रिय रुपमा रेस्लिङ्ग खेल खेल्ने खेलाडि हामीले पछिल्लो समयमा जन्माउन नसकेको हो ?
हो भन्नु पर्छ । जब मा बि.सं. २०६० सालमा नेपालमा रेस्लिङ्गको बिकास गर्नु पर्छ भनेर आएँ । त्यो बेला जस्तो गाह्रो अप्ठ्यारो थियो । त्यो स्थिती अझै छ । एऊटा खेलाडि भएर बाच्न अझै गाह्रो छ । नेपालमा जुनमा मा खेलमा राजनिति भइरहको छ । यो अबस्थाले खेल क्षेत्र कहिल्यै माथी उठ्न सक्दैन् । जुन तपाईको सबाल रह्यो पछिल्लो समयमा अन्तराष्ट्रिय स्तरमा खेल्न सक्ने रेस्लिङ्ग खेलाडि नजन्मीएको । नेपालहरु सजिलो र सहज तरिकाले छिटै हिट नाम र दाम कमाउन चाहान्छन् । त्यसले गर्दा कसैले पनि निरन्तरता दिन सक्दैन्न । ध्रैर्यता छैन त्यसैले अन्तराष्ट्रिय स्तरका खेलाडि जन्माउन सकिएन् ।
अब तपाईको योजनाहरु के–के छन् ?
अबको मेरो योजना भनेको नेपालबाट रेस्लिङ्ग खेलमा अन्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्न सक्ने खेलाडि उत्पादन गर्नुमा छ । साथै रेस्लिङ्ग खेललाई नेपालमा संस्थागत रुपमा बिकास गर्नु छ ।


अन्त्यमा हिमालयन टाईगरलाई चिन्ने माया गर्ने तपाईका शुभ चिन्तकहरुलाई भन्न चाहानु हुन्छ ?
तपाईलाई धन्यवाद तपाईले मेरो कुरा राख्ने अबसर दिनु भयो । जति पनि रेस्लिङ्ग खेल र मलाई मन पराउने हुने शुभ चिन्तकहरुलाई  जति धेरै तपाईले हामीलाई सहयोग साथ दिनु हुन्छ । हामीलाई अझ काम गर्ने हौसला मिल्छ । जस्ले जहाँबाट जे सहयोग गर्न सहयोग गर्न सक्नु हुनेछ । घरमा सुरक्षित बसि काेराेनाबाट अाफु पनि बचाै अरूलाइ पनि बचाै  धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *