विभिन्न संघ संस्थाद्धारा उज्यालो महिला समाजलाई कम्प्युटर फर्निचर हस्तान्तरण

  •   काभ्रे
  •   २६ फाल्गुन २०७७, बुधबार
  •   खबर न्युज नेपाल
0Shares

विभिन्न संघ संस्थाद्धारा उज्यालो महिला समाजलाई कम्प्युटर तथा फर्निचर हस्तान्तरण

बनेपा, काभ्रे

सेन्चुरि कमर्सियल बैक लिमिटेड शाखा कार्यालय धुलिखेल र बनेपाको संयुक्त तत्ववधानमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आज बनेपाको पन्चकन्या बैङ्क्विटमा एक समारोहका बिच उज्यालो महिला समाज काभ्रेलाई एक थान कम्पुटर हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुंगानाले गर्नु भएको थियो भने कार्यक्रम संचालन बैंकका बरिष्ठ बजार अधिकृत हरिकृष्ण दाहालले गर्नु भएको थियो ।

उज्यालो महिला समाज, काभे्रको स्थापना सन् २०१८ सालमा भएता पनि यसको विधिबत रुपमा दर्ता भने सन् २०१९ मा भएको थियो । स्थापना काल देखिनै महिला शसक्तिकरण र महिला सवलिकरणको पक्षमा बहस तथा पैरवि गर्दै सचेतनाका आवाजहरु बुलन्द गर्दै आईरहेको विषय कार्यक्रममा संस्थाका अध्यक्ष रुकमणि सिग्देलले बताउनु भएको थियो ।

यस संस्थामा गृहणि, उध्यमि, व्यवसायि तथा कर्मचारि गरि हाल सम्म जम्मा १५ सदस्यहरुले संस्थाको सदस्यता प्राप्त गरेका छन् । यस संस्थाले आगामि दिनहरुमा विभिन्न सरकारि तथा गैह्र सरकारि संघ संस्थाहरु संग मिलेर काभ्रे जिल्ला मात्र नभएर देशभर यो अभियान संचालन गरि राज्यलाई हिंसामुक्त समाजको निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

यसै अवसरमा वेथानचोक जेसिजद्धारा पनि उज्यालो महिला समाज काभ्रेलाई एकथान टेवल र कुर्सि प्रदान गरेको थियो । सामाजिक क्षेत्रमा परिचालित विभिन्न संघ संस्थाहरु संग सहकार्य गरि नेतृत्व र व्यक्तित्व विकास गर्नु जेसिजको प्रमुख उदेश्य रहेको हुनाले सो अनरुप जेसिज वेथानचोकले पनि उज्यालो महिला समाज काभ्रेलाई सानै भएपनि सहयोग गरेको र यो अवसर प्रदान गर्नु भएकोमा संस्थाका अध्यक्षलाई हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि तिमल्सिना फर्निचर बनेपाकोे तर्फबाट संस्थालाई स्टील दराज लगाएतको फर्निचर प्रोपाईटर श्री केदार(केशव) तिमल्सिना ज्यु ले संस्थाका अध्यक्ष रुक्मणि सिग्देललाई हस्तान्तरण गर्नु भएको थियो ।
उज्यालो महिला समाज, काभ्रेलाई सहयोग गर्नुहुने सम्पुर्ण सेन्चुरि कमर्सियल बैंक, वेथानचोक जेसिज र तिमल्सिना फर्निचर बनेपालाई संस्थाका अध्यक्ष रुक्मणि सिग्देलले उहांहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *