विभिन्न मुद्दाका फरार प्रतिबादी पक्राउ

जिल्ला प्रहरी कार्यालय बाग्लुङ र मातहतका प्रहरी कार्यालयले जिल्ला अदालतकाे फैसलाबाट कैद जरिवाना ताेकिएका र हाल सम्म फरार भएका प्रतिबादीहरूलाई पक्राउ गरेकाे छ ।
मिति२०७५ असार ९ गते २हजार रूपैयाँ जरिवाना ताेकिएका गल्काेट नगरपालिका वडा नं ७ का ४१ वर्षिया ईश्वर थापा , २०७३ कार्तिक ३ गते ५ हजार जरिवाना ताेकिएका वाग्लुङ नगरपालिका वडा नं २ का सुनिल बस्याल ,२०६५ मंसिर १० गते सम्बन्ध विच्छेद मुद्दामा १ सय २५ जरिवाना ताेकिएकाे साविक मल्म गाविस ४ बाग्लुङकि सुमित्रा गाैतम र २०६९ मंसिर १७ गते सवारी ज्यान मुद्धामा २८ दिन कैद र २००० जरिवाना ताेकिएका बाग्लुङ नगरपालिका वडा नं १० का ६६ वर्षिया दल बहादुर थापालाई पक्राउ गरि जिल्ला अदालत बाग्लुङ बुझाईएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद रेग्मिले जानकारि गराउनु भयाे ।
रेग्मिका अनुसार हालसम्म विभिन्न मुद्दामा फरार रहेका १२३ जना प्रतिवादीलाई पक्राउ गरिसकेकाे बताउनु भयाे ।
- गाेपाल तिमल्सिनाकाे “के भाे के भाे ” गाईजात्रा
- मदरल्याण्डका खड्का राष्ट्रिय शिक्षा सेवा सम्मानद्वारा सम्मानित
- रोशी खोलाले बगाउँदा एक पुरुष र एक भैँसी बेपत्ता
- काभ्रेमा दिवंगत गुरुहरुलाई सम्झदै गुरु पुर्णिमा सम्पन्न
- प्रज्ञा फिल्मसकाे व्यानरमा टेलिचलचित्र माया