विप्लव समुहकाे कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।
काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १७मा ईलका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक याेगेन्द्र तिमिल्सिनाकाे टाेलिले पक्राउ गरेका हाे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविकुमार पाैडेलले दिएकाे विशेष सुचनाका अाधारमा तिमिल्सिनाकाे टाेलिले सिपाली चिलाउने गाविस साविक वडा नं ३ र हाल राेशि गाउपालिका वडा नं ६ चम्फागाउ बस्ने प्रताप लामाकाे छाेरा २७ वर्षका सन्देश भनिने बुद्धिलाल लामालाई नियन्त्रणमा लिईएकाे हाे ।
लामा विप्लव समुहको जिल्ला कमिटी सदस्य रहेकाे खुल्न अाएकाे र अन्य अनुसन्धानका लागि नियन्त्रणमा लिईएकाे निरिक्षक तिमिल्सिनाले बताएका छन।