वातवरण दिवसकाे अवसरमा फाेहार व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सम्पन्न

  •   काभ्रे
  •   २२ जेष्ठ २०७९, आईतवार
  •   खबर न्युज नेपाल
0Shares

काभ्रेपलाञ्चाेक जिल्ला बेथानचाेक गाउपालिका वडा नं २ गेल्डुङ बजारमा सरसफाई कार्यक्रम सम्पन्न भएकाे छ ।

४९ अैा बिश्व बाताबरण दिबसको अबसर पारेर पार्वती माध्यमिक विद्यालय र च्याम्राङवेशि ढुंखर्क प्रहरी चाैकिकाे संयुक्त आयाेजनामा बजार आसपासकाे क्षेत्रमा फाेहाेर व्यवस्थापन तथा सरसफाई कार्यक्रम गरिएकाे प्रहरी चाैकी प्रमुख श्रीराम फुयालले जानकारी गराउनु भएकाे छ। सरसफाई कार्यक्रममा शिक्षक ,विद्यार्थी ,अभिभावक र प्रहरीकाे सक्रिय सहभागिता रहेकाे थियाे।

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‍‍‌‌यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ। नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *